शुक्रबार, मंसिर १४, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

सेलिब्रेटीको दोस्रो बिहे : रहर कि बाध्यता?

 |  आइतबार, पुस १६, २०७४
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

himalayan bank box
Metro Mart
vianet
काठमाडौं - जीवन सधैं एकनास कहाँ चल्छ र? बुनेका सपना पूरा र सोचेजस्तै जीवन सायदैको हुन्छ। एक अर्थमा अरोह र अवरोहको संगालो नै जीवन हो। मान्छेको जीवनमा विभिन्न घटनाक्रम भइरहन्छन्। मान्छेका लागि बिहे जीवनको एउटा महत्त्वपूर्ण पाटो हो। जीवनका सुखदुःख सधैं सँगै साट्ने भन्दै वैवाहिक सम्बन्धमा बाँधिन्छ मान्छे। तर, कतिपय मान्छेको बैवाहिक जीवनयात्रामा उतारचढाव आइदिन्छ। जसले गर्दा उनीहरु अलगिन पुग्छन्।

कतिपय अवस्थामा दुईजना मध्ये एकको निधन हुन पुग्छ र एकल जीवन बिताउनुपर्ने हुन्छ। यस्ता घटना कसै न कसैको जीवनमा दिनहुँ भइरहेका हुन्छन्। यहाँ भने सेलिब्रेटीको दोस्रो बिहेकबारे चर्चा गर्न खोजिएको छ। पछिल्लो समय सेलिब्रेटीका लागि सम्बन्धविच्छेद र दोस्रो बिहे सामान्य बन्ने गरेको छ। कतिपयले बाध्यताले बिहे गर्ने गरेका छन् भने कतिले रहरले।

सेलिब्रेटीको बिहेको प्रसंगका बारेमा चर्चा गर्दा राष्ट्रकवि माधवप्रसाद घिमिरेबाटै सुरु गर्दा उपयुक्त होला। घिमिरेकी पत्नी गौरीको निधन भयो। गौरीको निधनले घिमिरे विक्षिप्त बने। उनी यतिसम्म शोकमा डुबे कि श्रीमतीको नाममा ‘गौरी’ खण्डकाव्य नै लेखे। जुन खण्डकाव्यले धेरै पाठकको मन छुन सफल भयो। ‘गौरी’ ले घिमिरेको साहित्यिक पहिचानलाई उचाइमा पुर्‍याइदियो। ‘गौरी’ पढ्दा सबैको गह भरिन्छ। यसैबाट थाहा हुन्छ घिमिरे उनको यादमा कति विक्षिप्त भए होलान्। 

हुनेहार दैवनटार भने झैं हुने कुरा भइहाल्यो। जाने मान्छे गइहाल्यो। सधंै उसैको शोकमा बाँच्न पनि नसकिने रहेछ। बाँचेको जीवनलाई पुनः कसैको साथ चाहिँदो रहेछ नै। त्यही साथ खोज्ने क्रममा रहरले नभई करले महाकालीसँग वैवाहिक जीवनमा आबद्ध भए घिमिरे। जसलाई समाज र देशले सहज रुपमा स्वीकार्‍यो।

यस्तै कर आइलाग्यो हास्य कलाकार हरिवंश आचार्यको जीवनमा पनि। आचार्यले २०४० सालमा मीरा आचार्यसँग विवाह गरे। मीरातर्फबाट आचार्यका दुई छोरा त्रिलोक र मोहित जन्मिए। तर, दैवलीला २०६८ वैशाखमा मीराको हृदयाघातका कारण मृत्यु भयो। मीराको निधनले आचार्य डिप्रेसनले ग्रसित बन्न पुगे। साथीहरुको सहयोगमा उनले रमिला पाठकलाई दोस्रो पत्नीका रुपमा भित्र्याए। उनी पनि एकल महिला हुन्। 

साहित्यकार कृष्ण धरावासीको पनि माधव घिमिरे र हरिवंशको भन्दा फरक कथा छैन।  २०६८ सालमा पत्नी सीता पोख्रेलको निधन भयो। उनको निधनले धरावासी निकै दुःखी बने। उनले आफ्ना विभिन्न साहित्यिक कृतिमा सीतासँगको प्रसँग राख्दै आएका छन्। पछि धरावासीले एक्लै जीवन धान्न गाह्रो हुने भन्दै तेह्रथुमकी मञ्जु विमलीसँग बिहे गरे। 

यी त प्रतिनिधि घटना मात्र हुन्। खोज्दै जाने हो भने अन्य सेलिब्रेटी पनि यस्तो बाध्यतामा परेका हुन सक्छन्। यस्ता खाले बिहेलाई समाजले पनि सहज रुपमा स्वीकार्ने गरेको छ। 
रहरका बिहेको चर्चा गर्दा सञ्चारकर्मी रवि लामिछाने र चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलको प्रसंग आउँछ । निकिता र रविले यही माघ १४ गते सोमबार काठमाडौं जिल्ला अदालत पुगेर ‘कोट म्यारिज’ गरे। 

अहिले उनीहरुको बिहेले बजार तातेको छ। उनीहरुको बिहेको तारिफभन्दा बढी विरोध र व्यंग्य गरिएका स्ट्याटसहरु थुप्रैका फेसबुक वालमा देख्न सकिन्छ। टेलिभिजन कार्यक्रम सीधा कुरा जनतासँग चलाएर चर्चामा रहेका रविले पूर्वपत्नी इशासँग सम्बन्ध विच्छेद गर्दै निकितासँग बिहे गरेका हुन्। रविका पूर्वपत्नी इशाबाट दुई छोरी र पूर्व विदेशी मूलकी प्रेमिकाबाट एक सन्तान छन्। यी दुवैलाई धोका दिएर रविले निकितासँग बिहे गरेपछि उक्त बिहेको अहिले थुप्रैले विरोध गरेका हुन्। 

उनले आफूले निकितासँग बिहे गरेको भन्दै फेसबुक वालमा सेयर गरेको तस्बिरमुनि कमेन्ट गर्दै सौगात ओझा नामका व्यक्तिले ‘आफ्नो पनि तीनचार ओटी बिहे गर्ने सोच रेहेको र यसै गरौं की? अलि ओझेलमा छु’ लेखेका छन्। कतिले त सञ्चारकर्मी रविले आदर्शका कुरा गर्दै हिँड्ने गरेको र अहिले उनले गरेको यो बिहेले समाजमा दिने सन्देश राम्रो नहुने भन्दै दुःखेसो पोखेका छन्। कतिपयले भने उनको लोकप्रियता खस्किने चिन्ता व्यक्त गरेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्