शुक्रबार, भदौ ५, २०८३

रणनीतिक कार्ययोजना पारितसहित राप्रपाले गर्‍यो सात निर्णय

राष्ट्रिय प्रजातन्त्र पार्टीले अध्यक्ष एवं स्थानीय तह निर्वाचन परिचालन समितिका संयोजक कमल थापाद्वारा प्रस्तुत रणनीतिक कार्ययोजना पारित गरेको छ।
 |  सोमबार, साउन ३२, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, साउन ३२, २०७८

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले अध्यक्ष एवं स्थानीय तह निर्वाचन परिचालन समितिका संयोजक कमल थापाद्वारा प्रस्तुत रणनीतिक कार्ययोजना पारित गरेको छ। पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको सोमबार सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो। बैठकले पार्टीको महाधिवेशन तोकिएकै समय कात्तिक २७–३० मा गर्ने गरी वडादेखि सबै तहको निर्वाचनको प्रस्तावित परिमार्जित तालिका पनि पारित गरेको छ।

यसैगरी राप्रपाले कोभिड महामारीको तेस्रो सम्भावित खतरालाई मध्यनजर राख्दै तथा आगामी फागुनमा स्थानीय तहको निर्वाचन गर्नुपर्ने वैधानिक वाध्यतालाई दृष्टिगत गर्दै युद्धस्तरमा कोभिड विरुद्धको खोप लगाउन सरकारसँग माग गरेको छ। राप्रपाले  सुनकाण्ड, वाइड बडी जहाज खरिद काण्ड, बालुवाटारस्थित ललिता निवास जग्गा काण्ड, स्वास्थ्य सामाग्री खरिदमा भएको भ्रष्टाचार, यती समूहसँग जोडिएको भ्रष्टाचार, एनसेल कर छली प्रकरण, माओवादी लडाकु भत्तामा भएको लुट, स्थानीय तहमा भएका भ्रष्टाचार लगायतका अनियमितता र भ्रष्टाचारको छानबिन गर्न र दोषीलाई कारबाही गर्न सरकारसँग माग गरेको छ। बैठकले ०४७ यता सार्वजनिक पदमा रहेका व्यक्तिहरुको सम्पत्ति छानबिन गरी नाजायज ढंगले आर्जन गरिएको सम्पत्ति जफत गर्न उच्चस्तरीय न्यायिक आयोग गठन गर्न पनि आग्रह गरेको छ।

अफगानिस्तानमा रहेका नेपालीलाई सुरक्षित तवरले स्वदेश फर्काउन तथा उनीहरुको पूणर् सुरक्षाको व्यवस्था गर्न पनि राप्रपाले सरकारसँग माग गरेको छ।

राप्रपाले ब्रिटिस गोर्खाका भूतपूर्व सैनिकको हाल जारी संघर्षप्रति एेक्यबद्धता जनाउँदै उनीहरुका माग पूरा गर्न बेलायती सरकारसँग आग्रह गरेको छ। साथै, ती माग पूरा गर्न गराउन सशक्त कूटनीतिक प्रयासको निम्ति राप्रपाले नेपाल सरकारको ध्यान आकर्षित गरको छ। बैठकले  राप्रपा केन्द्रीय कार्यसम्पादन समितिका सदस्य बलराम थापाको निधनप्रति श्रद्धाञ्जलि व्यक्त गदैै परिवारजनमा समवेदना प्रकट गरेको छ। 

प्रकाशित: Aug 16, 2021| 22:36 सोमबार, साउन ३२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...