बुधबार, पुस १६, २०८२

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

 |  बुधबार, भदौ ४, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ४, २०८२

काभ्रेपलाञ्चोक- अरनिको राजमार्गअन्तर्गत पाँचखाल नगरपालिका–५ केराघारी नजिक ट्रकको ठक्करबाट चौँरीदेउराली गाउँपालिका–८ का ३५ वर्षीय रुपेश खरेलको मृत्यु भएको छ।

National life

पाँचखालतर्फ गइरहेको ट्रकले उनलाई ठक्कर दिँदा उनको मृत्यु भएको पाँचखालकास्थित इलाका प्रहरी कार्यालयले जनाएको छ।

काठमाडौँबाट कोशीपारितर्फ मोटरसाइकलमा गइरहनुभएका खरेलले ट्रकलाई उछिन्ने क्रममा दुर्घटना भएको हो। गम्भीर घाइते भएका उहाँलाई धुलिखेल अस्पतालमा पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए। प्रहरीले ट्रक र त्यसका चालक माधवकुमार बडाललाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।

प्रकाशित: Aug 20, 2025| 10:13 बुधबार, भदौ ४, २०८२
प्रतिक्रिया दिनुहोस्