बुधबार, असार ३, २०८३

१४ वर्षमा पनि बनेन कमलामा पुल

 |  बुधबार, साउन २८, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, साउन २८, २०८२

सिरहा- कमला नदीमा २०६८ सालमा निर्माण सुरु भएको पक्की पुल अझै अधुरो छ। तीन वर्षमा सम्पन्न गर्ने भनिएको पुल १४ वर्षमा पनि पूरा नहुँदा सिरहा र धनुषाका सर्वसाधारण वर्षायाममा अधिक प्रभावित हुने गरेका छन्। उनीहरूको एकमात्र सहारा डुङ्गा बनेको छ।

National life

सिरहा नगरपालिका– ५ का वासुदेव यादव दैनिक गाईवस्तुलाई घाँसपात गर्न नदीपारि जाने गर्छन्। हरेक वर्षासँगै डराइडराइ नदी पार गर्नुपर्ने उनको दैनिकी छ। ‘पानी बढेपछि डुङ्गा चढ्न पनि डर लाग्छ, तर विकल्प छैन‘, उनले भने।

सामान्यतया वर्षायामबाहेक अरु बेला काठको सानो पुल प्रयोग हुने गरेको थियो। तर बर्खासँगै आएको बाढीले काठको पुल बगाएपछि अब डुङ्गामात्रै एक विकल्प बनेको छ। नदी पार गर्न हुलाकी सडक प्रयोग गर्ने यात्रीलाई डुङ्गा प्रयोगको प्रतिमोटरसाइकल १०० र प्रतिव्यक्ति ५० तिर्नुपर्ने बाध्यता छ।

कमलामा स्थायी पुल अभावको प्रत्यक्ष असर स्वास्थ्य सेवामा पुगेको छ। सिरहा अस्पतालबाट जनकपुर ‘रेफर’ गरिएका बिरामीलाई घुमाउरो बाटो भएर जानुपर्ने बाध्यता छ।

प्रादेशिक अस्पतालका ‘मेडिकल सुपरिटेन्डेन्ट’ डा. सुनिलप्रसाद कुशवाहाका अनुसार पारिपट्टि नदी सिमानाका धनुषावासी बिरामीका लागि नजिक भए पनि उनीहरू जनकपुरसम्म जानुपर्ने बाध्यता छ। नदीवारि कोही गम्भीर प्रकृतिका बिरामीका लागि लामो र घुमाउरो बाटोबाट ढिला गरी लैजाँदा बाटैमा मृत्यु हुनसक्ने सम्भावना छ।’

Shivam cement

सिरहा नगरपालिका– ६ का वडाध्यक्ष इन्द्रजित यादवका अनुसार पुल नहुँदा पैदलयात्रीले बाँसको फड्के वा डुङ्गाबाट नदी पार गर्नुपर्ने अवस्था छ। -रासस

प्रकाशित: Aug 13, 2025| 13:19 बुधबार, साउन २८, २०८२
प्रतिक्रिया दिनुहोस्