सोमबार, मंसिर १, २०८२

वर्षाको सिउँदो रंगिँदा पुष्पलाई तनाव

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं –  नशा एल्बमको शीर्ष गीत ‘अरुकै सिन्दुरले सजिए पनि’ सार्वजनिक भएको छ। गीतमा गायक तथा संगीतकार कन्काइष्ट राईको आवाज रहेको छ। गीतको रचना नरेन्द्र खनालले गरेका हुन्।

गीतको म्युजिक भिडियो पनि सार्वजनिक भएको छ। निकेश खड्काको निर्देशन तथा बुद्ध थापाको छायाँकनमा निर्माण भएको गीतको म्युजिक भिडियोमा नायिका वर्षा सिवाकोटी, नायक पुष्प खड्का र पवन भट्टराइको अभिनय रहेको छ।

गीतको भिडियोमा आफ्नो प्रेमीकाको अर्कैसँग विवाह हुँदा प्रेमीको पीडालाई उतार्न खोजिएको छ। भर्जिन स्टुडियोमा रेकर्ड भएको  गीतको महाराज थापाले एरेन्ज गरेका हुन्। सुवल थापाको उत्पादन र विकास धमलाको सम्पादन रहेको गीतलाई भर्खरै ओएसआर डिजिटल युटुव च्यानलमार्फत सार्वजनिक गरिएको छ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्