मंगलबार, पुस १५, २०८२

पर्साको ठोरीमा पाटे बाघ मृत भेटियो

 |  आइतबार, साउन २५, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, साउन २५, २०८२

पर्सा- पर्साको ठोरी गाउँपालिका–४ माली बस्तीनजिकै भारततर्फ जाने बाटोमा मृत अवस्थामा पाटेबाघ भेटिएको छ। पर्सा प्रहरीका सूचना अधिकारी किशोर लम्सालले आज विहान ७ः ३० बजे आसपासमा ठोरीको मालीवस्तीस्थित हुलाकी सडकभन्दा अन्दाजी ५०० मिटर दक्षिणतर्फ पाटेबाघ मृत अवस्थामा भेटिएको जानकारी दिए।

National life

‘ठोरीका स्थानीयले पाटेबाघ मृत अवस्थामा भेटिएको सूचना दिएपछि प्रहरी चौकी  विजयबस्तीबाट प्रहरी सहायक निरीक्षक धर्मेन्द्र साहको कमाण्डमा टोली खटिएर छ, अहिले अनुसन्धान भइरहेको छ’, उनले भने- ‘पर्सा राष्ट्रिय निकुञ्ज आधारभार र नेपाली सबुज गणको टोली पनि आवश्यक अनुसन्धानका लागि गएको जानकारी प्राप्त भएको छ।’ 

पर्सा प्रहरीका अनुसार प्रहरीचौकीबाट सो स्थान चार किलोमिटर दुरीमा पर्छ। पर्सा राष्ट्रिय निकुञ्जका रेञ्जर जयराम न्यौपानेले मृत भेटिएको पाटेबाघको मुचुल्का बनाएर शव परीक्षणका लागि निकुञ्ज ल्याइएको जानकारी दिए। 

‘पाटेबाघको बाहिरीभागमा सामान्य चोटपटक देखिएको छ भन्ने सुन्नमा आएको छ। बाघ जुँधेर हो वा अन्य के कारणले चोटपटक लागेको हो भन्नेबारे शव परीक्षणपछि नै थप जानकारी प्राप्त हुनेछ’, उनले भने। 

प्रकाशित: Aug 10, 2025| 13:29 आइतबार, साउन २५, २०८२
प्रतिक्रिया दिनुहोस्