मंगलबार, पुस १५, २०८२

चार महिनामा विपद्‍का दुई हजार ६ सय ७५ घटना, ११७ जनाको ज्यान गयो

 |  आइतबार, साउन २५, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, साउन २५, २०८२

काठमाडौं- गत वैशाखदेखि यही साउन २४ गतेसम्म कुल दुई हजार छ सय ७५ विपद्का घटना भएका छन्। ती घटनाबाट चार हजार ७२५ घरपरिवार प्रभावित भएका छन्। विपदका घटनामा परेर एक सय १७ जनाको ज्यान गएको छ भने पाँच सय ६४ जना घाइते भएका छन्।

National life

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सो अवधिमा बाढीजन्य एक सय ९८ घटना हुँदा १६ जनाको ज्यान गएको छ भने २१ जना बेपत्ता भएका छन्। बाढीबाट एक हजार ३१३ घरपरिवार प्रभावित भएका छन्।

प्राधिकरणको विवरणअनुसार पहिरोका कुल दुई सय ८१ घटना भएका छन्। त्यसमा परेर १३ जनाको ज्यान जाँदा १७ जना घाइते भएका छन्। यस्तै, भारी वर्षाका कारण एक सय ७४, चट्याङका दुई सय ४४, सर्पदंशका ७४, आगलागीका एक हजार ६६, वन डढेलोका एक सय ५८, हावाहुरीका दुई सय ७६, जनावर आक्रमणका एक सय ५३, लेक लागेर ४१, भूकम्पका पाँच घटना भएका छन्। विपद्जन्य घटनाका कारण चार हजार सात सय २५ घरपरिवार प्रभावित भएका छन्। त्यसमा परेर २२ जना बेपत्ता भएका छन्

यस्तै, साउन २४ गतेसम्म मात्रै ३५ विपदका घटना भएका छन्। त्यसमा सबैभन्दा बढी पहिरोका १३, आगलागीका चार, बाढी एक, अविरल वर्षा पाँच, चट्याङ एक, लेक लागेको दुई र जनावरको आक्रमणबाट एउटा घटना भएको छ। ती घटनामा परेर ६ जना घाइते भएका छन्।

Laxmi sunrise bank
kumari

प्रकाशित: Aug 10, 2025| 08:27 आइतबार, साउन २५, २०८२
प्रतिक्रिया दिनुहोस्