सोमबार, मंसिर १, २०८२

कपिलको बिहे पार्टीमा मोदी सहभागी हुने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
मुम्बई - चर्चित कमिडियन कपिल शर्माले गर्लफ्रेन्ड गिन्नी चतरथसँग १२–१३ डिसेम्बरमा धुमधामसँग बिहे गरे। बिहेपछि उनीहरुले १४ डिसेम्बरमै भारतको अमृतसरमा बिहेको पार्टी दिए। यस्तै उनीहरुले २४ डिसेम्बरमा बलिउड कलाकारका लागि मुम्बईमा दोस्रो पार्टीको आयोजना गरे। उक्त पार्टीमा बलिउडका हस्तीहरुले सहभागिता जनाएका थिए।

यतिबेला कपिल र गिन्नीले दिल्लीमा नेताहरुका लागि तेस्रो पार्टीको आयोजना गर्ने तयारी थालेका छन्। दिल्लीमा हुने पार्टीमा उनीहरुले विभिन्न पार्टीका शीर्ष नेताहरुलाई बोलाउने भएका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार उक्त पार्टीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि सामेल हुनेछन्।

कपिलको प्रधानमन्त्री मोदीसँग राम्रो सम्बन्ध रहेका कारण पनि उनले सहभागिता जनाउने बताइएको छ। उनले पार्टीमा पुगेर नव दुलहा दुलहीलाई आशिष प्रदान गर्ने विश्वास सबैले लिएका छन्।

प्रधानमन्त्री मोदी गत वर्ष प्रियंका र निक जोनसको बिहे पार्टीमा पनि सहभागी भएका थिए। उनले प्रियंका र निकलाई बधाई दिइरहेको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको थियो। कपिलले दिल्लीमा गर्ने भनिएको तेस्रो पार्टीको मिति भने तय भएको छैन।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्