शुक्रबार, मंसिर १२, २०८२

इन्दिरा घिमिरेलाई 'मिसेस ग्लोवल नेपाल-२०२५' को ताज

 |  शुक्रबार, साउन २३, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २३, २०८२

काठमाडौं- यो वर्षको मिसेस ग्लोवल नेपालको ताज इन्दिरा घिमिरेले पहिरिन सफल भएकी छन्।

National life

बिहीबार राजधानीको ज्यापु प्रज्ञा एकेडेमीमा सम्पन्न सो कार्यक्रममा घिमिरेले निर्णायकको प्रश्नको सटिक उत्तर दिँदै ताज पहिरिएकी हुन्। ताजसँगै उनले एन.एफ.इ.ए. लण्डन २०२६ मा सहभागी हुन इन्ट्री प्याकेजसमेत प्राप्त गरेकी छन्।

कार्यक्रमको फर्स्ट रनर अप सन्ध्या नेपाल तथा सेकेण्ड रनर अप सृजना घिमिरे शिवाकोटी हुन सफल भएका छन्। हिमालयन मुभिजको आयोजनामा सम्पन्न कार्यक्रम मिसेस ग्लोवल श्रृंखला अन्तर्गत आठौं संस्करण हो।

करिव एक दर्जन बढी प्रतियोगीहरुले प्रस्तुती दिएको सो कार्यक्रममा सबै प्रतियोगीहरुले परिचय, वेस्ट ड्रेस, प्रश्नोत्तर, क्राउनिङ चरण पार गर्दै उपाधि नजिक पुगेका थिए।

महिलाहरुको सौन्दर्य प्रतियोगीतामा अग्रणी रहेकी चर्चित फेसन कोरियोग्राफर हिमानी सुब्बाको प्रशिक्षणमा तीन सातासम्म प्रतियोगीहरुले व्यक्तित्व विकास, बोलीचाली अभ्यास, स्टेज प्रस्तुती, फोटोसुट, क्याटवाक, वौद्धिकताको विकास, क्षमता अभिवृद्धि, सामाजिक प्रस्तुतिकरणलगायतका विषयमा ज्ञान हासिल गरेका थिए। आकर्षक ओपनिङ नृत्यबाट सुरु भएको कार्यक्रम ब्युटी विथ नेचर थिम रहेको वेस्ट ड्रेस, प्रश्नोत्तर, टप फाइभ हुँदै क्राउनिङ चरणमा सकिएको थियो।

Laxmi sunrise bank
kumari

प्रकाशित: Aug 08, 2025| 12:38 शुक्रबार, साउन २३, २०८२
प्रतिक्रिया दिनुहोस्