बिहीबार, असोज ८, २०८३

बर्दियाको किरिनखोलामा जलसतह सतर्कता तह भन्दामाथि

 |  बुधबार, साउन २१, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, साउन २१, २०८२

काठमाडौं- बर्दियाको किरिनखोला जलमापन केन्द्रको जलसतह सतर्कता तह पार गरेकाले आवश्यक सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ।

विभागले एक सूचना सार्वजनिक गर्दै बर्दियाको किरिनखोला जलमापन केन्द्रको जलसतह बढेको र नदीको तटीय क्षेत्र र डुबान भइरहने होचा स्थानमा आवश्यक सावधानी अपनाउन अनुरोध गरेको हो। विभागले बुधबार बिहानसम्म आवश्यक सावधानी अपनाउनसमेत सबैको ध्यानाकर्षण गरेको छ।

यसअघि विभागले रुकुम पश्चिमको ठूलो भेरी नदीको रिम्ना जलमापन केन्द्रको जलसतह सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले आवश्यक सावधानी अपनाउन आग्रह गरेको थियो।

प्रकाशित: Aug 06, 2025| 07:48 बुधबार, साउन २१, २०८२
प्रतिक्रिया दिनुहोस्