बिहीबार, असोज ८, २०८३

शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी चलाउन बन्द

 |  सोमबार, साउन १९, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, साउन १९, २०८२

कञ्चनपुर– कञ्चनपुरस्थित महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीसाधन आवजवाजतमा रोक लगाइएको छ।

लगातारको वर्षापछि महाकाली नदीमा पानीको सतह बढेपछि चारपाङ्ग्रे सवारी साधनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए।

महाकालीमा पानीको बहाब एक लाख क्युसेक पुगेपछि चारपाङ्ग्रे सवारी आवागमनमा रोक लगाइने गरेको उनको भनाइ छ।

उनका अनुसार आज बिहान ८ बजे महाकाली नदीमा पानीको बहावले एक लाख नौ हजार नौ सय ८० क्यूसेक नाघेपछि आवागमनमा रोक लगाइएको हो।

प्रकाशित: Aug 04, 2025| 11:43 सोमबार, साउन १९, २०८२
प्रतिक्रिया दिनुहोस्