बिहीबार, असार ४, २०८३

सप्तकोसी नदीमा पानीको बहाब उच्च, २३ ढोका खोलिए

 |  सोमबार, साउन १९, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, साउन १९, २०८२
National life
Shivam cement

सुनसरी- वर्षाका कारणले सप्तकोशी नदीमा पानीको वहाव उच्च भएको छ। आइतबार साँझ कोशी ब्यारेजमा प्रतिसेकेण्ड एक लाख ९१ हजार २१० क्यूसेक पानीको वहाव मापन गरिएको थियो। 

आज  बिहान गरिएको मापनमा कोशी ब्यारेजर भएर एक लाख ७५ हजार ६८५ क्युसेक प्रतिसेकेण्ड पानीको वहाव रहेको सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले जानकारी दिनुभयो।  अहिले ५२ मूल र चार नहरको गरेर ५६ ढोकामध्ये २३ खुल्ला गरिएको उनले जानकारी दिए। कोशी ब्यारेज भएर एक लाख ५० हजार भन्दामाथि पानीको वहाव भएपछि सर्वसाधारणलाई सचेत गर्न खतराको सङ्केतस्वरुप रातो बत्ती बाल्ने गरिएको छ।

सोही अनुसार रातो बत्ती बालिएको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ। २०६५ भदौ २ गते एक लाख ६८ हजार क्यूसेक पानीको वहाव हुँदा सप्तकोशी नदीले पूर्वी तटबन्ध भत्काएको थियो।

प्रकाशित: Aug 04, 2025| 09:48 सोमबार, साउन १९, २०८२
प्रतिक्रिया दिनुहोस्