शुक्रबार, मंसिर १२, २०८२

ज्ञवालीको ‘क्षितिजः आमा र धरती’ सार्वजनिक

 |  शनिबार, साउन १७, २०८२

नेपाल समय

नेपाल समय

शनिबार, साउन १७, २०८२

काठमाडौं । सरस्वती ज्ञवालीको संस्मरण ‘क्षितिजः आमा र धरती’ सार्वजनिक गरिएको छ। काठमाडौंमा आज आयोजित एक समारोहका बीचमा उक्त कृति सार्वजनिक गरिएको हो । साङ्ग्रिला बुक्सले प्रकाशन गरेको कृतिमा लेखक ज्ञवालीले जन्मँदै अपाङ्गता भएकी छोरीसँगको ३७ वर्षे अनुभूतिलाई अभिव्यक्त गरेकी छन्।

National life

कृति सार्वजनिकीकरण समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीकी धर्मपत्नी एवम् प्रथम महिला राधिका शाक्यले राजनीतिक परिवारमा महिलाको भोगाइ बाहिर देखेको भन्दा फरक हुने बताइन्।

कृतिको समीक्षा गर्दै समालोचक डा विन्दु शर्माले अपाङ्गता भएकी छोरीको हेरचाहमा रमाउँदा ज्ञवालीले अनुभूत गर्नुभएको भावनात्मक लेखनले आमपाठकलाई भावुक बनाएको बताएइन्।

लेखक ज्ञवालीले अपाङ्गता भएकी छोरीको हेरचाह गरेर भातभान्सा गर्दा बेसार लागेका हातले आफ्नो भोगाइलाई लेखनमा प्रस्तुत गरेको बताइन्। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव प्रदीप ज्ञवाली पत्नी लेखक सरस्वतीका यसअघि कविता र संस्मरणसहित दुई कृति प्रकाशित छन्।

Laxmi sunrise bank
kumari

प्रकाशित: Aug 02, 2025| 21:41 शनिबार, साउन १७, २०८२
प्रतिक्रिया दिनुहोस्