शुक्रबार, मंसिर १२, २०८२

राज सिग्देलको तिम्रो मेरोमा मिस पवी र तुला

 |  शनिबार, साउन १७, २०८२

नेपाल समय

नेपाल समय

शनिबार, साउन १७, २०८२

National life

काठमाडौं । गायक राज सिग्देलको स्वर रहेको तिम्रो मेरो बोलको गीतको भिडियो सार्वजनिक भएको छ।

शंकर संगमको शब्द तथा राजेश कैदीको संगीत रहेको सार्वजनिक गीतमा चर्चित टिकटकर मिस पवी र तुला पर्वतको अभिनय देख्न सकिन्छ। गायन र निर्देशनको क्षेत्रमा राम्रो सफलता हात पारेका गायक तथा संगीतकार तुलाले प्रेम वियोगको कथा बोल्ने तिम्रो मेरोको भिडियोमा सशक्त अभिनय गरेका छन्।

प्रेम वियोगको मार्मिक गीतमा बिछोडिएको एक जोडीको मर्मस्पर्शी कथामा सुन्दरी मोडल मिस पवी पनि गज्जबसँग खुलेकी छिन्। तुला र मिस पवीको यो बिछोडको कथालाई निर्देशक युवराज वाईबाले कलात्मक ढंगले दर्शकमाझ पस्किएका छन्।

भिडियोले माया गर्ने दुई मनहरू पनि यसरी समयसँगै छुट्नुपर्ने बाध्यताको कथालाई सशक्त रुपमा देखाएको छ। सागर बस्नेतको छायांकन, विकाश दाहालको सम्पादन रहेको मर्मस्पर्शी गीतको भिडियो गायक तथा संगीतका तुलाकै अफिसियल च्यानल वाईडस्क्रिन मिडियाबाट बजारमा आएको हो।

Laxmi sunrise bank
kumari

प्रकाशित: Aug 02, 2025| 19:34 शनिबार, साउन १७, २०८२
प्रतिक्रिया दिनुहोस्