मंगलबार, पुस १५, २०८२

वीरगञ्जबाट भित्रिए ६८ हजार ७४३ सवारीसाधन

 |  बुधबार, साउन १४, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, साउन १४, २०८२

पर्सा- गत आर्थिक वर्षमा वीरगञ्ज नाकाबाट ६८ हजार ७४३  सवारीसाधन भित्रिएका छन्।  

National life

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेका अनुसार सो अवधिमा इन्धनबाट चल्ने अन एसेम्वल्ड मोटरसाइकलदेखि क्रेनलहरीसम्मका ६८ हजार ७४३ वटा सवारीसाधन आयात भएका हुन्। सवारीसाधनको आयातबाट दोस्रो धेरै राजस्व सङ्कलन हुँदै आइरहेको छ। गत आवभरिमा इन्धनबाट चल्ने सवारीसाधनबाट मात्र रु १७ अर्ब ३१ करोड राजस्व सङ्कलन भएको छ। 

गत आवमा रु छ अर्ब ६० करोड मूल्यका ५० हजार २९१ वटा  अनएसेम्वल्ड मोटरसाइकल आयात भएका छन्। ती सवारी आयातबाट यस नाकाले रु छ अर्ब ३१ करोड राजस्व सङ्कलन गरेको छ। गत आवमा रु दुई अर्ब ९४ करोड मूल्यका एक हजार ४५४ वटा अन्य बस तथा ट्रकका चेसिस आयात भएका छन्।
 
त्यसैगरी,  सोही अवधिमा रु दुई अर्ब एक करोड मूल्यका नौ सय १२ वटा इन्धनबाट चल्ने जीप, कार र भ्यान आयात भएका छन्। गत आवमा नै रु एक अर्ब ३७ करोड मूल्यका पाँच हजार ७३५ वटा ट्रयाक्टर तथा ट्रिलर आयात भएका छन्। 

सोही अवधिमा रु एक अर्ब ११ करोड मूल्य पर्ने ४१७ वटा इन्धनबाट चल्ने बस यहाँ भित्रिएका छन्। सोही अवधिमा रु ७१ करोडका एक सय ३९ वटा क्रङ्क्रिट मिश्रण लहरी आयात भएका छन् भने रु ७४ करोडको  तीन सय १२ वटा ट्रक, मिनी ट्रक आयात भएका छन्। 

त्यसैगरी, सोही अवधिमा रु ४३  करोड ३१ लाख मूल्यका चार हजार ६४६ वटा मोटरसाइकल आयात भएका छन्। वीरगञ्ज नाका हुँदै गत आवमा रु एक अर्ब ६४ करोड मूल्यका साना–ठूला दुई हजार ३३७ वटा विद्युतीय सवारीसाधन आयात भएका थिए।  वीरगञ्ज भन्सारले गत वर्ष विद्युतीय सवारीसाधन आयातबाट रु एक अर्ब ८० करोड ४५ लाख राजस्व सङ्कलन गरेको थियो।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jul 30, 2025| 09:07 बुधबार, साउन १४, २०८२
प्रतिक्रिया दिनुहोस्