मंगलबार, पुस १५, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • नाइमा नेपालको पहिलो मोबिलिटी एक्स्पो साउन २१ देखि २५ सम्म आयोजना हुँदै

नाइमा नेपालको पहिलो मोबिलिटी एक्स्पो साउन २१ देखि २५ सम्म आयोजना हुँदै

 |  मंगलबार, साउन १३, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १३, २०८२

National life
Laxmi sunrise bank
kumari

काठमाडौं-नाइमा नेपाल मोबिलिटी एक्स्पो साउन २४ देखि २८ गतेसम्म  हुने भएको छ। नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएशन (नाइमा) ले सोमबार पत्रकार सम्मेलन गरी उक्त प्रदर्शनी आयोजना गर्न लागिएको जनाएको छ। नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा) ले पहिलो पटक आयोजना गर्न लागेको नाइमा नेपाल मोबिलिटी एक्स्पोमा ३५ वटा नयाँ सवारी साधनहरू लन्च गर्ने तयारी गरेको छसोमबार नाइमाले पत्रकार सम्मेलनको आयोजना गरेर  नाइमा नेपाल मोबिलिटी एक्स्पोमा ३५ वटा नयाँ सवारी साधनहरू लन्च गर्ने जानकारी दि। ।

नेपाल अटो डिलर्स एसोसिएसनले हरेक वर्ष नेपालमा नाडा अटो शोको आयोजना गर्ने गरेको थियो। अटोको आयातकर्ता र वितरक मिलेर नयाँ संस्था गठन गरेसँगै संस्थाले नाडा अटो शो अगाडि नयाँ कार्यक्रमको आयोजना गरेको हो।आयोजकका अनुसार भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुने एक्स्पोमा नयाँ प्रविधि र मोडलहरू सार्वजनिक हुने छन् भने विद्युतीय सवारी साधनदेखि नवीनतम मोबिलिटी समाधानहरू प्रदर्शनीमा राखिने छन्। प्रदर्शनीमा १५ वटा दुई पाङ्गे, १५ वटा चार पाङ्गे, र ५ वटा कर्मर्शियल गाडीहरू सार्वजनिक हुने जानकारी दिइयो।

कार्यक्रममा नाइमाका अध्यक्ष ऋतुसिंह वैद्यले नाइमा मोबिलिटी एक्स्पो २०२५ नेपालकै सबैभन्दा ठूलो र महत्त्वपूर्ण अटोमोबाइल प्रदर्शनी बन्ने दाबी गरिन्।प्रदर्शनीको पाँचौँ दिन विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूको सहभागिता रहने प्यानल डिस्कसन हुने उनले जानकारी दिइन्। नाइमा मोबिलिटी एक्स्पो २०२५ श्रावण २१ देखि २५ गतेसम्म आयोजना हुँदैछ। ५० भन्दा बढी ब्रान्डहरू सहभागी हुने प्रदर्शनीको टिकट खल्ती बाई आईएमईमा उपलब्ध छ।

प्रकाशित: Jul 29, 2025| 11:34 मंगलबार, साउन १३, २०८२
प्रतिक्रिया दिनुहोस्