सोमबार, साउन १२, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • यातायात कार्यालय जनकपुरधामले संकलन गर्‍यो करिब ६७ करोड राजस्व

यातायात कार्यालय जनकपुरधामले संकलन गर्‍यो करिब ६७ करोड राजस्व

 |  आइतबार, साउन ११, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, साउन ११, २०८२

vianetvianet

जनकपुरधाम- यातायात व्यवस्था कार्यालय जनकपुरधामले आर्थिक वर्ष २०८१/८२ मा ६६ करोड ६९ लाख ४३ हजार ९ सय ८० रुपैयाँ राजस्व संकलन गरेको छ।

कार्यालयले गत आवमा चालक अनुमतिपत्र वितरण, नवीकरण र त्यसको जरिवाना, नयाँ सवारीसाधनको दर्ता, सवारी साधन नवीकरण तथा रुट परमिट, नामसारी र पटकेलगायतका विभिन्न शीर्षकबाट राजस्व संकलन गरेको हो।

कार्यालय प्रमुख धनञ्जयकुमार सिंहले विद्युत समस्या समाधानका लागि सोलार जडान गरेकाले सेवाप्रवाहमा सुधार आएको बताए।

उक्त अवधिमा सरकारी, सार्वजनिक र भाडाका साथै निजीतर्फका ठूला, मझौला तथा साना सवारी गरी आठ हजार ५७ सवारी साधनको दर्ता, नवीकरण तथा नामसारी गरिएको छ। रासस

प्रकाशित: Jul 27, 2025| 06:31 आइतबार, साउन ११, २०८२
प्रतिक्रिया दिनुहोस्