काठमाडौं-इन्टरनेट तथा टिभी सेवा प्रदायक कम्पनी भायानेट कम्युनिकेशन लिमिटेडले आफ्नो सञ्चालक समितिमाअनुभवी बैंकर परशुराम कुँवर क्षेत्रीलाई स्वतन्त्र संचालकमा नियुक्त गरेको छ। बैंक तथा वित्तीय क्षेत्रका कुशलतथा अनुभवी व्यक्तित्व मानिएका क्षेत्री कम्पनीको सञ्चालक समितिको निर्णयअनुसार भायानेटको बोर्डमा आवद्धभएका हुन्।
क्षेत्रीले सन् १९८६ मा तत्कालीन ग्रिण्डलेज बैंक 'हाल स्ट्यान्डर्ड चार्टर्ड बैंक' बाट आफ्नो करियर सुरु गरेकाथिए। त्यसपछि उनले नेपाल बैंक, सिटिजन्स बैंक इन्टरनेशनल, बैंक अफ एशियामा वरिष्ठ पद सम्हालेका थिए।क्षेत्रीले जनता बैंक र ग्लोबल आइएमई बैंकमा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी निर्वाह गरेका छन्।क्षेत्रीले सन् २०२० मा ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत पदबाट अवकास लिएका हुन्।
भायानेट कम्युनिकेशन लिमिटेडले अनुभवी बैंकर परशुराम कुँवर क्षेत्रीलाई बोर्डमा स्वागत गर्दै उनको तीनदशकभन्दा बढी समयदेखि विभिन्न क्षेत्रमा संचित अनुभवले कम्पनीलाई आगामी दिनमा अझ सशक्त र दिगोविकास तर्फ लैजान मद्दत पुग्ने विश्वास व्यक्त गरेको छ।