शुक्रबार, साउन ९, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • एनसेलले ल्यायो विद्यार्थी लक्षित 'सधैं अन रिन्युअल' योजना 

एनसेलले ल्यायो विद्यार्थी लक्षित 'सधैं अन रिन्युअल' योजना 

 |  बिहीबार, साउन ८, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ८, २०८२

vianetvianet

काठमाडौं-एनसेलले विद्यार्थीका लागि विशेष रूपमा डिजाइन गरिएको'सधैं अन रिन्युअल'योजना सञ्चालनमा ल्याएको छ। २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएका लगायत सबै विद्यार्थीलाई लक्षितगरि यो'स्टार्टर प्लान'ल्याएको हो,सुलभ दरमा मनोरञ्जनका साथै दूरसञ्चार सेवामा पहुँच सुनिश्चित गर्ने उद्दयेश्यरहेको एनसेलले जनाएको छ। 

करसहित ३९९ रुपैँया र सो भन्दा माथिका मासिक शुल्कमा उपलब्ध हुने यी प्लानहरुमा अनलिमिटेड फेसबुक, अनलिमिटेड टिकटक,अनलिमिटेड युट्युब,लाइन्सगेट प्लेमा निःशुल्क प्रिमियम सामग्रीको पहुँच,अनलिमिटेड नाइट डेटा र प्याकमा समावेश अन्य सेवा पाइन्छ।उदाहरणका लागि ३९९रुपैँया को सधैं अन रिन्युअल प्लानमा विद्यार्थीहरूले ३० दिनको लागि ३९९ मिनेट अल नेपाल कल टक टाइम,८ जीबी डेटा र ३९ वटा अल नेपाल एसएमएस बन्डल भएको सेवाहरु पाउँछन्। त्यसैगरी यदि विद्यार्थीहरुले रु ५९९ को सधैं अन रिन्युअल लिएमा उनीहरुले ५९९ मिनेट अल नेपाल टक टाइम, २० जीबी डेटा र ५९ वटा अल नेपाल एसएमएस सेवा पाउछ।

यो योजना अन्तर्गतको सिम वा ई–सिम लिन विद्यार्थीहरूले आफ्नो पासपोर्ट साइजको फोटो, विद्यार्थी परिचयपत्र र आफ्नो वा आमाबुवाको नागरिकताको प्रतिलिपिसहित नजिकको कुनै पनि एनसेल सेन्टर वा आधिकारिक बिक्रेताकोमा जान सक्छन्।विद्यार्थीलाई सुलभ मूल्यमा सेवाका साथै मनोरञ्जनका लागि विभिन्न सुविधासहित यो अफर ल्याउन पाएकोमा कम्पनी खुशी रहेको एनसेलले जनाएको छ। सधैं अन रिन्युअल अन्तर्गतको यो स्टार्टर प्लानले विद्यार्थीलाई आफ्नो डिजिटल यात्रा आफ्नै सिमबाट सुरु गर्न सहयोग गर्ने,उनीहरूलाई सधैं अन राख्ने र साथीभाइ, परिवारका सदस्यहरुसँग सम्पर्कमा रहिरहन ठूलो भूमिका खेल्ने विश्वास एनसेलले लिएको छ।

प्रकाशित: Jul 24, 2025| 13:47 बिहीबार, साउन ८, २०८२
प्रतिक्रिया दिनुहोस्