शुक्रबार, साउन ९, २०८२

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?

 |  बिहीबार, साउन ८, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ८, २०८२

vianetvianet

काठमाडौं- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ९६ पैसा र बिक्रीदर १३८ रुपैयाँ ५६ पैसा निर्धारण गरिएको छ।

युरोपियन युरो एकको खरिददर १६१ रुपैयाँ ७८ पैसा र बिक्रीदर १६२ रुपैयाँ ४८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ ७० पैसा र बिक्रीदर १८७ रुपैयाँ ५१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७३ रुपैयाँ ८६ पैसा र बिक्रीदर १७४ रुपैयाँ ६२ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ९६ पैसा र बिक्रीदर ९१ रुपैयाँ ३५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १०२ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपैयाँ र बिक्रीदर १०८ रुपैयाँ ४७ पैसा तोकिएको छ।

जापानी येन १०को खरिददर नौ रुपैयाँ ४३ पैसा र बिक्रीदर नौ रुपैयाँ ४७ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ २६ पैसा र बिक्रीदर १९ रुपैयाँ ३५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९३ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३८ रुपैयाँ एक पैसा कायम भएको छ।

केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ २९ पैसा र बिक्रीदर चार रुपैयाँ ३१ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८७ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ तीन पैसा र बिक्रीदर १० रुपैयाँ सात पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ५१ पैसा र बिक्रीदर १४ रुपैयाँ ५७ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ६७ पैसा र बिक्रीदर २१ रुपैयाँ ७७ पैसा तोकिएको छ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ५७ पैसा र बिक्रीदर १७ रुपैयाँ  ६५ पैसा, कुवेती दिनार एकको खरिददर ४५२ रुपैयाँ ११ पैसा र बिक्रीदर ४५४ रुपैयाँ सात पैसा, बहराइन दिनार एकको खरिददर ३६५ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३६७ रुपैयाँ ५५ पैसा, ओमनी रियाल एकको खरिददर ३५८ रुपैयाँ ३३ पैसा र विक्रीदर ३५९ रुपैयाँ ८९ पैसा रहेको छ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ। 

प्रकाशित: Jul 24, 2025| 07:46 बिहीबार, साउन ८, २०८२
प्रतिक्रिया दिनुहोस्