सोमबार, पुस १४, २०८२

रुपन्देही उपनिर्वाचनका लागि निर्वाचन कार्यक्रम प्रकाशन

 |  सोमबार, साउन ५, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, साउन ५, २०८२

काठमाडौं- निर्वाचन आयोगले रूपन्देही प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ३ मा आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनको निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ।

National life

आयोगका सहसचिव एवम् प्रवक्ता नीता पोखरेल अर्यालले कार्यक्रमअनुसार असोज २४ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने, असोज २१ गते बिहान १०:०० देखि बेलुका ५:०० बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुने बताइन्।

सोही दिन बेलुका ५:०० देखि ७:०० बजेसम्म उम्मेदवारको सूची प्रकाशन हुनेछ भने असोज २२ गते बिहान १० देखि दिउँसो ३:०० बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिन सकिनेछ।

सोही दिन दिउँसो ३:०० देखि असोज २३ गते बेलुका ५:०० बजेसम्ममा मनोनयनपत्र र उजुरीउपर जाँचबुझ एवं निर्णय गरी ७:०० बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको नामावली प्रकाशन गरिनेछ।

यस्तै, असोज २४ गते बिहान १०:०० देखि दिउँसो १:०० बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सकिनेछ भने सोही दिन दिउँसो ३:०० बजेसम्ममा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ।

Laxmi sunrise bank
kumari

प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ को समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएको व्यक्तिले भने उम्मेदवार हुन नपाउने कानुनी व्यवस्था रहेको आयोगले जनाएको छ।

प्रकाशित: Jul 21, 2025| 06:31 सोमबार, साउन ५, २०८२
प्रतिक्रिया दिनुहोस्