शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • महन्थको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार, निर्वाचन आयोगको निर्णय सदर

महन्थको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार, निर्वाचन आयोगको निर्णय सदर

महन्थ ठाकुरले अदालतमा दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीशद्वय दीपककुमार कार्की र आनन्दमोहन भट्टराईको इजलासले निर्वाचन आयोगको निर्णयलाई सदर गरेको हो।
 |  सोमबार, साउन ३२, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, साउन ३२, २०७८

काठमाडौँ- जनता समाजवादी पार्टीको आधिकारिकता उपेन्द्र यादव समूहलाई दिएपछि महन्थ ठाकुरले सर्वोच्च अदालतमा दायर मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरिएको छ। 

महन्थ ठाकुरले अदालतमा दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीशद्वय दीपककुमार कार्की र आनन्दमोहन भट्टराईको इजलासले निर्वाचन आयोगको निर्णयलाई नै सदर गर्दै अन्तरिम आदेश  दिन अस्वीकार गरेको हो। 

'निवेदकलाई तत्काल अपूरणीय क्षति पुग्ने अवस्था नदेखिएको समेतबाट सुविधा र सन्तुलनलाई दृष्टिगत गर्दा हाल मागबमोजिम अन्तरिम आदेश जारी गर्नुपरेन,' आदेशमा भनिएको छ। आयोगले साउन ११ गते जसपाको आधिकारिकता यादव पक्षलाई दिएको थियो।

दुवै पक्षले छुट्टाछुट्टै गतिविधि अघि बढाएकाले एकै ठाउँ बस्न नसक्ने भन्दे आधिकारिकताका लागि आयोगमा निवेदन दिएका थिए। आयोगले सबै केन्द्रीय कार्यकारिणीसमिति सदस्यहरूलाई बोलाएर बहुमतका आधारमा यादव पक्षलाई जसपाको आधिकारिकता प्रदान गर्ने निर्णय गरेको थियो। अहिले जसपाले ठाकुरलगायतका नेताहरूलाई कारबाही समेत गरिसकेको छ।  

प्रकाशित: Aug 16, 2021| 18:23 सोमबार, साउन ३२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...