दाङ- दाङको देउखुरीमा गाडीले किचेर आइतबार बिहान एकजनाको मृत्यु भएको छ।
लमही नगरपालिका–५ सुनखोलीका २१ वर्षीय राजेशकुमार बानियाँको गाडीले किचेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिए।
आफ्नै घर अगाडि रोकिराखिएको लु३च ४८१४ नम्बरको पिकअप बोलेरोको टायरमा राखिएको टेको हटाउने क्रममा गाडी ‘ब्याक’ हुँदै गुडेर किचेपछि बानियाँ गम्भीर घाइते भएका थिए।
उनलाई तत्काल लमही अस्पताल लगिए पनि उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए।