बुधबार, वैशाख १६, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • सुनसरी-मोरङका सेउती, बूढी र खेसलिया खोलाका आसपास क्षेत्रमा सतर्कता अपनाउनुहोला : मौसम विभाग

सुनसरी-मोरङका सेउती, बूढी र खेसलिया खोलाका आसपास क्षेत्रमा सतर्कता अपनाउनुहोला : मौसम विभाग

 |  आइतबार, साउन ४, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, साउन ४, २०८२

National life
kumari

सुनसरी- जल तथा मौसम विज्ञान विभागले सुनसरी र मोरङ जिल्लाभित्र पर्ने सेउती, बूढी र खेसलिया खोलाका आसपास तथा तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ।

आज बिहान सूचना जारी गर्दै विभागले वर्षा मापन केन्द्रहरूबाट प्राप्त तथ्यांकमा तीव्र वर्षा र निरन्तर मौसम प्रणाली सक्रिय रहेकाले बाढीको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको हो। विशेष गरी आज दिउँसोसम्म ती खोलामा पानीको बहाव बढ्दै जाने भएकाले खतराको सम्भावना बढेको विभागले जनाएको छ।

यसैबीच, इटहरी उपमहानगरपालिका-३, २, ६ र ७ का केही स्थानमा बाढी पसेको छ। स्थानीय निकायले बाढीप्रति सतर्क रहन र आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन्। विभागले खोलाका किनारामा बसोबास गर्ने तथा तटीय क्षेत्रमा जानुपर्ने सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ।

प्रकाशित: Jul 20, 2025| 10:26 आइतबार, साउन ४, २०८२
प्रतिक्रिया दिनुहोस्