सोमबार, पुस १४, २०८२

मधेस प्रदेशको चार सय ४२ हेक्टर वन अतिक्रमण मुक्त

 |  आइतबार, साउन ४, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, साउन ४, २०८२

जनकपुर- मधेस प्रदेशको वन निर्देशनालयले आर्थिक वर्ष २०८१/८२ मा लामो चार सय ४२ हेक्टर वनजंगलको जमिन अतिक्रमणकारीबाट छुटाएको जनाएको छ। 

National life

उक्त निर्देशनालयबाट प्राप्त जानकारीअनुसार धनुषामा ३० हेक्टर, सर्लाहीमा एक सय ७५ हेक्टर, सप्तरीमा एक सय ११  हेक्टर, वारामा ५४ हेक्टर, पर्सामा ४५ हेक्टर, रौतहटमा १२  हेक्टर, सिरहामा १० हेक्टर तथा महोत्तरीमा तीन हेक्टर वन क्षेत्रको जमिन फिर्ता लिइएको छ।

निर्देशनालयका निर्देशक जग्गनाथप्रसाद जयसवालले मधेस प्रदेशको आठवटै जिल्लाबाट अहिले पनि १६ हजार पाँच सय ९९ हेक्टर जमिन अतिक्रमणमा परेको जानकारी दिए।

वन तथा वातावरणमन्त्री सञ्जयकुमार यादवले प्रशासनिक संयन्त्रले मात्र वनसम्बन्धी समस्या समाधान गर्न नसक्ने भएकाले राजनीतिक तथा स्थानीय संयन्त्रको समन्वय आवश्यक छ भने।

वन तथा वातावरण मन्त्रालयका सचिव उद्धवबहादुर घिमिरेले वन क्षेत्रलाई अतिक्रमण हुनबाट रोक्न मातहतका कार्यालयललाई कठोर भएर काम गर्न परिपत्र गरिएको तथा पर्याप्त जनशक्ति परिचालन गरेर परिणाम निकाल्ने गरी समन्वयका साथै अनुगमन हुने प्रतिबद्धता व्यक्त गरे।

Laxmi sunrise bank
kumari

हाल देशमा ४५ प्रतिशत भू-भाग वनले ढाकेको भए पनि मधेस प्रदेशमा मात्र तीन दशमलव ७२ प्रतिशत भू-भाग वन क्षेत्रले ढाकेको सो निर्देशनालयले जनाएको छ।

प्रदेशभरि दुई लाख दुई हजार दुई सय दुई वन क्षेत्र रहे पनि एक सय ३६ स्थानीय तहमध्ये ८९ वटामा वन क्षेत्र नै नभएको बताइएको छ। देशको कूल वन क्षेत्रमध्ये आठ प्रतिशत अतिक्रमणको चपेटमा परेको जनाइएको छ। 

प्रकाशित: Jul 20, 2025| 07:01 आइतबार, साउन ४, २०८२
प्रतिक्रिया दिनुहोस्