आइतबार, साउन ४, २०८२

सतह सिँचाइको व्यवस्था नभएका क्षेत्रमा वैकल्पिक सिँचाइ

 |  आइतबार, साउन ४, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, साउन ४, २०८२

vianetvianet

चितवन- सतह सिँचाइको व्यवस्था नभएको नौ सय हेक्टर क्षेत्रफलमा वैकल्पिक व्यवस्थामार्फत सिँचाइ पुर्‍याइएको छ। जिल्ला भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजनाले चितवनसहित नवलपरासी (बर्दघाट-सुस्ता पूर्व) मा र मकवानपुरमा वैकल्पिक व्यवस्थामार्फत सिँचाइ पुर्‍याइएको हो।

आयोजना प्रमुख इञ्जिनियर विश्वबन्धु केसीका अनुसार चितवनमा चार सय हेक्टर, नवलपरासी (बर्दघाट-सुस्ता पूर्व) मा चार सय हेक्टर र मकवानपुरमा एक सय हेक्टर क्षेत्रफलमा डिपट्युबेल निर्माण सिँचाइको व्यवस्था गरिएको हो।

“गत आर्थिक वर्षमा सिँचाइका लागि ५० वटा डिपट्युबेल निर्माण सुरु गरिएको थियो। तीमध्ये ४६ वटा निर्माण सम्पन्न भएका छन् भने बाँकी निर्माणाधीन छन्। यी आयोजनाहरू सम्पन्न गर्न हालसम्म रु ३५ करोड खर्च भइसकेको छ”, उनले भने।

निर्माण गरिएका ट्युबेलमध्ये नवलपरासीमा १८, चितवन २३ र मकवानपुरमा पाँच वटा रहेका इञ्जिनियर केसीले जानकारी दिए। चितवनमा २९ वटा ट्युबेल निर्माण गर्ने योजनाअनुसार काम गरिएको भन्दै केही निर्माणाधीन रहेका उनले बताए। उनले भने, “सतह सिँचाइको सुविधा नभएका ठाउँमा भूमिगत सिँचाइको व्यवस्था गरिएको हो।”

कार्यालयले अघिल्लो आर्थिक वर्षसम्म चार हजार ३०० हेक्टर क्षेत्रफलमा सिँचाइको व्यवस्था गरेको थियो। गत आर्थिक वर्षको उपलब्धिसँगै हालसम्म पाँच हजार २०० हेक्टर क्षेत्रफलमा सिँचाइको सुविधा पुर्‍याइएको कार्यलयले जनाएको छ। रासस

प्रकाशित: Jul 20, 2025| 06:01 आइतबार, साउन ४, २०८२
प्रतिक्रिया दिनुहोस्