सोमबार, पुस १४, २०८२

कालोपत्रे गरिएको सडकमा महिना दिन नपुग्दै घाँस उम्रिएपछि…

 |  शनिबार, साउन ३, २०८२

नेपाल समय

नेपाल समय

शनिबार, साउन ३, २०८२

भोजपुर- टेम्केमैयुङ गाउँपालिकाको गुम्बा-कोट- दिप्सा-पाँचधारे सडक कालोपत्रे गुणस्तरहीन भएको जनाउँदै कोटका स्थानीयवासी चिन्तित भएका छन्। कालोपत्रे गरिएको सडक महिना दिन नपुग्दै उप्किएको तथा कालोपत्रे सडकमा घाँस उम्रिएपछि स्थानीय चितिन्त भएका हुन्।

National life

यहाँ कालोपत्रे गरिएको सडक महिना दिन नपुग्दै भत्किनुका साथै बिच सडकमा घाँस उम्रिएको टेम्केमैयुङ ६ का वडाध्यक्ष सूर्यप्रसाद नेपालले बताए। सडक निर्माणमा गुणस्तरहीन काम भएपछि कारबाहीको माग गरिएको उनको भनाइ छ। गत असार महिनामा सडक कालोपत्रे गरिएको वडाध्यक्ष नेपालले जानकारी दिए।

“सडक कालोपत्रे भएको महिना दिन नपुग्दै उप्किएको छ” वडाध्यक्ष नेपालले भने, “सडक निर्माणको काममा अत्यन्तै लापरबाही भएको अवस्था छ। कालोपत्रे सडकको बीचमा घाँस उम्रिएको छ। सडक निर्माणमा गुणस्तरहीन काम भएको प्रस्ट देख्न सकिन्छ।”

सडक डिभिजन कार्यालय तुम्लिङटार अन्तर्गत आर एन आर आर कम्पनीले असार महिनामा यहाँको शुन्य विन्दु गुम्बाबाट एक किलोमिटर सडक कालोपत्रे गरेको वडाध्यक्ष नेपालले बताए।

टेम्केमैयुङका चार वटा वडासँगै खोटाङ जिल्लालाई जोड्ने सडकमा सुरुवाती चरणमै गुणस्तरहीन काम भएपछि स्थानीय आक्रोशित बनेको उनको भनाइ छ।

Laxmi sunrise bank
kumari

कालोपत्रे गरिएको सडक छोटो समयमा ठाउँ ठाउँमा भत्किएको टेम्केमैयुङ–७ का वडाध्यक्ष बालबहादुर खड्काले बताए। गैर जिम्मेवार डङ्गले सडक कालोपत्रे गर्ने निकायलाई राज्यले कारबाहीको दायरामा ल्याउनु पर्ने उनको भनाइ छ।

‘यो सडक निर्माणमा अत्यन्तै गुणस्तरहीन काम भएको अवस्था छ’ वडाध्यक्ष खड्काले भने, ‘कालोपत्रे सडक भत्किएको छ। अरू त के कालोपत्रे गरिएको सडकमा झार उम्रिएको छ। हामीले गुणस्तरहीन काम गर्नेलाई कारबाहीको माग गरेका छौँ।’

सडक कालोपत्रेको क्रममा नालीसमेत व्यवस्थित नगरिएको स्थानीयवासी शरण राईले बताए। सडक कालोपत्रे सुरु हुँदा उत्साहित बनेको अवस्थामा अहिले स्थानीय निराश बनेको उनको भनाइ छ।

‘सडक निर्माणको अवस्था बेहाल छ’ उनले भने, ‘कालोपत्रे गरिएको सडक भत्किएको अवस्था छ। दुई वटा जिल्लालाई जोड्ने सडक कालोपत्रेको यो अवस्था देख्दा हामी दुखित छौँ। राज्यले यो कामको छानबिन गर्न आवश्यक छ।’

ठेकेदार कम्पनीले निर्माण स्थलमा योजना बोर्डसमेत नराख्दा योजनाको बजेटलगायतको विषयमा स्थानीय बेखबर रहेको उनको भनाइ छ।

प्रकाशित: Jul 19, 2025| 08:38 शनिबार, साउन ३, २०८२
प्रतिक्रिया दिनुहोस्