शुक्रबार, असोज ९, २०८३

बाढीपछि केरूङमा फसेकालाई तातोपानी हुँदै फर्काइने

 |  बिहीबार, साउन १, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १, २०८२

रसुवा- गत असार २४ गतेको ल्हेन्दे खोलाको वाढीले  मितेरी पुल बगाएपछि केरूङमा अलपत्र नेपालीलाई वैकल्पिक बाटोबाट स्वदेश फर्काइने भएको छ। 

प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार अलपत्र परेका एक हजार २०० जनालाई स्वदेश फर्काउने व्यवस्थाका लागि  परराष्ट्र मन्त्रालयमार्फत चीन सरकारलाई अनुरोध गरिएको छ। 

केरुङमा रहेका नेपालीको भोजन एवं आवासको प्रबन्ध चिनियाँ पक्षले गरेको छ। अलपत्र परेकामा मालवाहक सवारी साधनका चालक तथा सहचालक गरी ९१ जना छन्। कामको सिलसिलामा त्यहाँ रहेका ११७ जनाले पनि घर फर्कने प्रबन्धका निम्ति प्रमुख जिल्ला अधिकारीसमक्ष आग्रह गरेका जनाइएको छ। 

प्रकाशित: Jul 17, 2025| 10:13 बिहीबार, साउन १, २०८२
प्रतिक्रिया दिनुहोस्