सोमबार, पुस १४, २०८२

रसुवाको बाढीमा बेपत्ता भएका गोरखाका दुई जनाको सनाखत भएन

 |  सोमबार, असार ३०, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, असार ३०, २०८२

गोरखा- रसुवाको बाढीमा परी बेपत्ता भएका गोरखाका दुई जनाका आफन्त शव सनाखत गर्न नआएको प्रहरीले जनाएको छ।

National life

बाढीमा कन्टेनर चालक गोरखा पालुङटार निवासी दिलबहादुर तामाङ र धनबहादुर विश्वकर्मा पुरिएर बेपत्ता भएका भनिए पनि हालसम्म शवको सनाखत गर्न आफन्त नआएका प्रहरीले जनाएको हो।

गत असार २४ गते तिब्बतबाट कन्टेनरमा सामान ढुवानी गरिरहेका बेला अचानक भोटेकोशीमा बाढी आई कन्टेनरसहित ११ जना बेपत्ता भएका थिए। पालुङ्टार–६ गोरखाका भनिएका विक र तामाङ रसुवागढी भन्सार कार्यालय टिमुरेमा कन्टेनर चालकका रूपमा कार्यरत थिए।

हाल विभिन्न व्यक्तिको शव फेला परिरहेको र मुचुल्का गरी रसुवा जिल्ला अस्पतालको शवगृहमा राखिएका छन्, तर शव सनाखत गर्न गोरखाका कोही सम्पर्कमा नआएपछि पहिचान गर्न समस्या भएको जिल्ला प्रहरी कार्यालय गोरखाको प्रहरी उपरीक्षक (एसपी) भरतबहादुर विकले बताए।

शव सनाखत तथा दाबी गर्न कोही नआएपछि जिल्ला प्रहरी कार्यालयले सूचना जारी गरिएको उनले जानकारी दिए।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jul 14, 2025| 07:45 सोमबार, असार ३०, २०८२
प्रतिक्रिया दिनुहोस्