बुधबार, वैशाख १६, २०८३

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोडको बजेट

 |  आइतबार, असार २९, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, असार २९, २०८२

National life
kumari

काठमाडौं- काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेट ल्याएको छ। आइतबार राष्ट्रिय सभागृहमा बसेको नगरसभा बैठकमा उपप्रमुख सुनिता डंगोलले आगामी आर्थिक वर्षका लागि बजेट पेश गरेकी हुन्।

२५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ सञ्चित कोषमा व्ययभार पर्ने र ६५ करोड रुपैयाँ अन्य बाह्य व्ययभार हुनेगरी उक्त रकमको अनुमानित बजेट सार्वजनिक गरिएको हो।

महानगरले पूर्वाधारमा ५१ प्रतिशत, शिक्षा स्वास्थ्य तथा सामाजिक क्षेत्रमा २० प्रतिशत र बाँकी अन्य क्षेत्रका लागि बजेट ल्याएको छ। 

प्रकाशित: Jul 13, 2025| 16:23 आइतबार, असार २९, २०८२
प्रतिक्रिया दिनुहोस्