बिहीबार, असार ४, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • चितवनमा २५ हजारभन्दा बढी परिवार बाढी, पहिरो र डुुबानको जोखिममा

चितवनमा २५ हजारभन्दा बढी परिवार बाढी, पहिरो र डुुबानको जोखिममा

 |  शुक्रबार, असार २७, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २७, २०८२
National life
Shivam cement

चितवन- यहाँका २५ हजार ७३३ घरपरिवार बाढी, पहिरोको जोखिममा रहेका छन्। जिल्ला विपत् व्यवस्थापन समितिका अनुसार जिल्लाका सात पालिकामा रहेका एक लाख  २८ हजार ६६५ जनंख्या वर्षातका कारण प्रभावित बन्ने देखिएको छ। 

बाढीका कारण सबैभन्दा बढी राप्ती नगरपालिकामा १० हजार १०९ घरका ५० हजार ९५० जना प्रभावित बन्ने तथ्यांकले देखाएको छ। यस्तै, भरतपुर महानगरपालिकामा ६ हजार ६ सय ३५ घरका ३३ हजार १७५, माडी नगरपालिकाका तीन हजार ९४६ घरका १९ हजार ७३० जना, रत्ननगर नगरपालिकाका दुई हजार ३८१ घरका ११ हजार ९०५ जना प्रभावित बन्ने प्रारम्भिक तथ्यांकले देखाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
 
यस्तै, कालिका नगरपालिकाका एक हजार पाँच परिवारका पाँच हजार २५ जना, खैरहनी नगरपालिकामा ३२० परिवारका एक हजार ६ सय, इच्छाकामना गाउँपालिकामा एक हजार २५६ परिवारका ६ हजार २८० जना प्रभावित हुने देखिएको प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले जानकारी दिए। 

बाढीका कारण हुन सक्ने घटनालाई मध्यनजर गर्दै सुरक्षाका लागि सबै तयारी गरिएको उनले बताए।

प्रकाशित: Jul 11, 2025| 12:02 शुक्रबार, असार २७, २०८२
प्रतिक्रिया दिनुहोस्