बुधबार, वैशाख १६, २०८३

पहिरो खसेपछि कालीगण्डकी करिडोर अवरुद्ध

 |  शुक्रबार, असार २७, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २७, २०८२

National life
kumari

गुल्मी- कालीगण्डकी गाउँपालिका–६ खड्गकोटस्थित बरल्वामा पहिरो खसेपछि कालीगण्डकी करिडोर पूर्ण रुपमा अवरुद्ध भएको छ।

कालीगण्डकी गाउँपालिकाका अध्यक्ष बेदबहादुर थापाका अनुसार सडकमाथिबाट ठूला चट्टानसहित पहिरो खसेको छ। त्यो क्रम रोकिएको छैन। अवरुद्ध सडक खोल्न  प्रहरीचौकी भुर्तुङबाट प्रहरी टोली परिचालन भएको तर  तत्काल पहिरो पन्छाउन असम्भव भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी गङ्गाबहादुर सारुले जानकारी दिए। 
        
यसैबीच जिल्ला प्रशासन कार्यालयले नदी र खोला तटीय क्षेत्रका बासिन्दालाई बाढी र पहिरोबाट जोगिन सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रकाशित: Jul 11, 2025| 09:03 शुक्रबार, असार २७, २०८२
प्रतिक्रिया दिनुहोस्