बिहीबार, असार ४, २०८३

म्युजिक भिडियो 'मायाका मिठा कुरा' सार्वजनिक

 |  बिहीबार, असार २६, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, असार २६, २०८२

काठमाडौं- नेपाली संगीत क्षेत्रमा उदाउँदै गरेका गायक आकाश आचार्य र चर्चित गायिका अस्मिता अधिकारीको स्वर रहेको 'मायाका मिठा कुरा' सार्वजनिक भएको छ। भिडियोमा आकाश आफैंले मिशेल घिमिरेसँगको जोडीमा अभिनय गरेका छन्। गीतको भिडियोलाई चर्चित निर्देशक निर्मल पौडेलले निर्देशन गरेका छन्।

National life

‘बालखैमा दिल बस्यो’ र ‘गौथली’ जस्ता हिट गीतहरूको भिडियो निर्देशनगरेका पौडेलले। ‘मायाका मिठा कुरा’ मा पनि निर्देशन गरिसकेका छन्। 

आकाश भन्छन्, ‘यो गीत मेरो लागि नयाँ प्रयोग हो। अरूको शब्द र संगीतमा गाउनु चुनौतीपूर्ण थियो, तर यो अनुभवले मलाई धेरै कुरा सिकायो। मलाई विश्वास छ, यो गीतले दर्शक र स्रोताको मन छुनेछ,’ उनले भने।

उज्ज्वल सागरको संगीत र विश्व अधिकारीको एरेन्जमेन्टमा तयार भएको गीत रोमान्सको भावनाले भरिएको छ। जसले दर्शकलाई प्रेमको मायालु संसारमा डुबाउँछ। गोदावरी र कीर्तिपुरका रमणीय स्थलहरूमा छायांकन गरिएको भिडियोको छायांकन विवेक खड्काले गरेका छन्, भने सम्पादन भिम विश्वकर्माले। निरज पौडेलको पब्लिसिटी डिजाइन र निर्मात्री सपना बजगाईंको निर्माणमा तयार भएको यो गीत घाम्किरी फिल्म्सको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो।

 

Shivam cement

प्रकाशित: Jul 10, 2025| 15:36 बिहीबार, असार २६, २०८२
प्रतिक्रिया दिनुहोस्