शुक्रबार, जेठ १, २०८३

रवि र निकिताले गरे 'कोर्ट म्यारिज'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
काठमाडौं - चर्चित सञ्चारकर्मी रवि लामिछाने र चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले 'कोर्ट म्यारिज' गरेका छन्। उनीहरूले सोमबार काठमाडौं जिल्लाअदालतमा कानुनी विवाह गरेका हुन्। 

रविले ब्यक्तीगत जीवनले नयाँ मोड लिएको छ भन्दै फेसबुक मार्फत कोर्ट म्यारिज गरेको सार्वजनिक गरेका छन्। ‘एक अर्काका परिवार, आफन्त र नातागोताको छलफल र अनुमतिमा आज निकिता पौडेल जी र मैले कानुनी रुपमा काठमाडौं जील्ला आदालतमा बिवाहा दर्ता गरेका छौ’, उनले लेखेका छन्, ‘यो निर्णय यति छिटो गर्ने योजना नै थिएन। तर हामी दुबै प्रती जसरी मानसिक यातना नै हुने गरी अनवरत समाचार र खोजबीन चल्यो त्यसले हामीलाई एक अर्काको निकै खाचो पर्‍यो। हामी समस्त दर्शक शुभ चिन्तक, परिवार इस्टमित्रहरुबाट एउटै मात्र कुरा चाहन्छौ, आशिर्वाद।’

परम्परागत रुपमा हामी आउदो बैशाखमा बिवाह गर्ने छौ, यो हाम्रो नितान्त ब्यक्तिगत जीवन हो, उनले भने। उनले भनेका छन्, ‘कसैको चर्चा, आलोचना, सुझाव, ब्याख्यामा हामी अटेनौ भने हामीलाई माफ गर्नु होला। हाम्रो भोगाई र तपाईंको सोचाइ नमिल्न सक्छ। हामी दुबैजना यो निर्णयबाट एकदमै खुशी छौ। र हामी सबैबाट हाम्रो सुखद दाम्पत्य जीवनकालागि शुभ कामना मात्र चाहन्छौ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्