आइतबार, वैशाख २०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • हिमालयन लाइफ इन्स्योरेन्सको साधारणसभाबाट ८ प्रतिशत लाभांश पारित

हिमालयन लाइफ इन्स्योरेन्सको साधारणसभाबाट ८ प्रतिशत लाभांश पारित

 |  बिहीबार, असार १२, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, असार १२, २०८२

काठमाडौं- हिमायलयन लाइफ इन्स्योरेन्स लिमिटेडको १८ औँ साधारणसभा सम्पन्न भएको छ।

National life

सभाले कम्पनीका सेयरधनीहरूलाई चुक्ता पुँजी ९ अर्ब १४ करोड ३२ लाख ३७ हजार ३०६ मा आधारित रही ८ प्रतिशतको दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
यसअनुसार ७३ करोड १४ लाख ५८ हजार ९८४.४८ रुपैयाँ बराबरको नगद लाभांस (करसहित) वितरण गरिनेछ।

सभाले आर्थिक वर्ष २०८०/८१ का लागि सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह वितरण तथा सम्बन्धित अनुसूचीहरू स्वीकृत गरेको छ।

साथै कम्पनीको सहायक संस्था हिमालयन इन्भेस्टमेन्ट बैंकर लिमिटेडको सोही वर्षको वित्तीय वितरण पनि अनुमोदन गरिएको छ।

त्यस्तै आर्थिक वर्ष २०८१/८२ का लागि एस.सी लाल एसोएिट्स चार्टर्ड एकाउन्टेन्टलाई बाह्य लेखापरीक्षकका रुपमा नियुक्त गरिएको छ। नियमनकारी निकायले प्रस्तावित विषयहरूमा निर्देशन वा परिवर्तनको सुझाव आएमा त्यसअनुसार आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियार प्रदान गरिएको कम्पनीले जनाएको छ।

कम्पनीका अध्यक्ष सुलभ अग्रवालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लाल कर्णले सेयरधनीहरूको जिज्ञासाको जवाफ दिएका थिए।

प्रकाशित: Jun 26, 2025| 11:31 बिहीबार, असार १२, २०८२
प्रतिक्रिया दिनुहोस्