काठमाडौं- मानार्थ वाणिज्यदूत तथा पञ्चकन्या ग्रुपका कार्यकारी निर्देशक प्रदिप कुमार श्रेष्ठले नेपालका लागि दक्षिण अफ्रिकको नवनियुक्त राजदूतलाई स्वागत गरेका छन् ।
नेपालको तर्फबाट दक्षिण अफ्रिकी राज्यको लागि नियुक्त मानार्थ वाणिज्यदूत श्रेष्ठले असार १० गते ललितपुरमा रहेको वाणिज्यदूत कार्यालयमा आयोजित एक कार्यक्रम बीच दक्षिण अफ्रिकाको लागि नवनियुक्त राजदूत प्राध्यापक अनिल सुकलाल र उनकी श्रीमती डा. निलिस्त्र सुकलाल सिंहलाई स्वागत गरेका हुन् ।
सो भ्रमणको क्रममा, राजदूत र मानार्थ वाणिज्यदूतले द्विपक्षीय सम्बन्धलाई सुदृढ पार्दै दुई देशबीच व्यापारिक अवसरहरूको खोजी गर्ने बारेमा छलफल गरेका थिए । त्यस्तै, उनीहरूले नेपाल र दक्षिण अफ्रिकाबीच उच्चस्तरीय प्रतिनिधिमण्डल सहितको भेटघाट तथा अनुभव आदानप्रदानको विषयमा समेत छलफल गरेका थिए ।