आइतबार, पुस १३, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • पेट्रोलियम पदार्थ आयातबाट वीरगञ्ज भन्सार कार्यालयले उठायो ७३ अर्ब राजस्व

पेट्रोलियम पदार्थ आयातबाट वीरगञ्ज भन्सार कार्यालयले उठायो ७३ अर्ब राजस्व

 |  बुधबार, असार ११, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, असार ११, २०८२

पर्सा- वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा सबैभन्दा धेरै राजस्व पेट्रोलियम पदार्थको आयातबाट ७३ अर्ब १८ करोड रूपैयाँ संकलन गरेको छ।

National life

कार्यालयले चालु आवको ११ महिनामा पाँचथरिका पेट्रोलियम पदार्थ आयात गर्न एक खर्ब ७४ अर्ब नौ करोड रूपैयाँ रकम खर्चिएको छ। आयातबाट प्राप्त कुल राजस्वमा मुख्य २० वस्तुबाट प्राप्त राजस्वको योगदानमा पेट्रोलियम पदार्थको हिस्सा भने ४६ दशमलव ४३ प्रतिशत रहेको छ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले वीरगञ्ज भन्सारको राजस्वको मुख्य आधार नै पेट्रोलियम पदार्थ र सवारीसाधनको आयातबाट प्राप्त हुने राजस्व रहेको बताए।

त्यस्तै, दोस्रो धेरै राजस्व भने यातायात साधन र तिनका पार्टपुर्जा आयातबाट १७ अर्ब ७० करोड रूपैयाँ रकम प्राप्त भएको छ। आयातबाट प्राप्त राजस्वमा यातायातको साधन र पार्टपुर्जाको हिस्सा भने ११ दशमलव २३ प्रतिशत छ।

त्यसैगरी, फलाम तथा फलामबाट बनेका सामानबाट पाँच अर्ब ७८ करोड रूपैयाँ राजस्व संकलन गरेको छ। मेसिनरी तथा पार्टपुर्जा आयातबाट पाँच अर्ब २६ करोड रूपैयाँ संकलन गरेको छ। इलेक्ट्रिक मेसिनरी, उपकरण र तिनका पार्टपुर्जा आयातबाट तीन अर्ब ६७ करोड संकलन गरेको प्रमुख भन्सार प्रशासक लामिछानेले बताए।

Laxmi sunrise bank
kumari

चालु आवकै ११ महिनामा सबै प्रकारका कपडा आयातबाट तीन अर्ब ६ करोड राजस्व संकलन भएको छ।

सोही अवधिमा सुर्ती र सुर्तीजन्य पदार्थको आयातबाट दुई अर्ब ५८ करोड, श्रृंगारका सामान आयातबाट दुई अर्ब ५२ करोड रूपैयाँ, प्लाष्ट्रिकका कच्चा पदार्थ आयातबाट दुई अर्ब ३२ करोड रूपैयाँ तथा अन्य लुब्रिकेटङ आयलको आयातबाट दुई अर्ब १९ करोड रूपैयाँ राजस्व संकलन भएको प्रमुख भन्सार प्रशासक लामिछानेले जानकारी दिए। रासस

प्रकाशित: Jun 25, 2025| 16:31 बुधबार, असार ११, २०८२
प्रतिक्रिया दिनुहोस्