आइतबार, मंसिर २८, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • पूर्वीनाका काँकडभिट्टाबाट १८ अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात

पूर्वीनाका काँकडभिट्टाबाट १८ अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात

 |  मंगलबार, असार १०, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, असार १०, २०८२

National life
Laxmi sunrise bank
kumari

झापा- चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा पूर्वीनाका काँकडभिट्टाबाट रु १८ अर्ब चार करोड ६० लाख मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ। पूर्वीनाकाबाट पेट्रोल, डिजेल, एलपी ग्यास, एटीएफ, मट्टितेल आयात भएको हो।
  
मेची भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत ईश्वरकुमार हुमागाईँका अनुसार गत आवको सोही अवधिको तुलनामा रु एक अर्ब छ करोड ४३ लाख अर्थात् पाँच दशमलव ६० प्रतिशतले पेट्रोलियम पदार्थ आयातमा  गिरावट आएको छ। आयात घटे पनि पेट्रोलियम पदार्थबाट प्राप्त राजस्व भने पाँच दशमलव ७० प्रतिशत अर्थात्  रु ४७ करोड ४३ लाख ८७ हजारले बढेको छ।
 
कार्यालयको तथ्यांकनुसार चालु आवको ११ महिनामा पेट्रोलियम पदार्थ आयातबाट रु आठ अर्ब ७८ करोड २७ लाख ७२ हजार राजस्व संकलन भएको छ। उक्त अवधिमा रु आठ अर्ब ११ करोड ५९ लाख मूल्य पर्ने ९३ हजार आठ सय २४ किलोलिटर पेट्रोल आयात भएको थियो। यसैगरी रु छ अर्ब २६ करोड ७१ लाख मूल्य पर्ने ६८ हजार ८२० किलोलिटर डिजेल आयात भएको छ।

त्यसैगरी, सोही अवधिमा रु दुई अर्ब ५९ करोड मूल्य पर्ने २३ हजार ४३८  मेट्रिक टन एलपी ग्यास, रु ६१ करोड २० लाख मूल्य पर्ने छ हजार ७०८ किलोलिटर एटीएफ र रु २२ करोड ७१ लाख मूल्य पर्ने दुई हजार ५२० किलोलिटर मट्टितेल आयात भएको छ।

प्रकाशित: Jun 24, 2025| 10:39 मंगलबार, असार १०, २०८२
प्रतिक्रिया दिनुहोस्