काठमाडौं- प्रभु इन्स्योरेन्सले सेयरधनीलाई दिने लाभांशको घोषणा गरेको छ।
कम्पनीले आर्थिक वर्ष २०८०-८१ को वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १८ प्रतिशतबराबरको बोनस सेयर दिने भएको हो।
कम्पनीले २५ करोड ९४ लाख ६७ हजार ८ सय ५२ रुपैयाँबराबरको सेयर र उक्त बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि चुक्ता पुँजीको ०.९४७४ प्रतिशत बराबरको १ करोड ३६ लाख ५६ हजार २०३ रुपैयाँ नगद लाभांश घोषणा गरेको छ।
कम्पनीले नगद र बोनस गरेर कुल १८.९४७४ प्रतिशत लाभांश वितरण गर्नेछ।
कम्पनीले प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृति पाएसँगै आगामी वार्षिक साधारणसभाबाट पारित गरी सेयरधनीलाई वितरण गर्नेछ।