मंगलबार, असार १०, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • घाम पावरले उर्जा क्षेत्रमा जित्यो ग्लोबल क्लाइमेट पुरस्कार

घाम पावरले उर्जा क्षेत्रमा जित्यो ग्लोबल क्लाइमेट पुरस्कार

 |  सोमबार, असार ९, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, असार ९, २०८२

vianetvianet

काठमाडौं- नेपाली कम्पनी घाम पावरलाई सन् २०२५ को Keeling Curve Prize बाट सम्मानित गरिएको छ । यो पुरस्कार विश्वभरबाट जलवायु परिवर्तन विरुद्धका प्रभावशाली समाधानहरूलाई प्रदान गरिने एक प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कार हो ।

घाम पावरले ग्रामीण समुदायहरू र उद्योगहरूलाई स्वच्छ तथा वितरण आधारित सौर्य ऊर्जामार्फत सशक्त बनाउँदै नेपालको जलवायु सहनशीलता निर्माणमा पुर्याएको योगदानका लागि यो पुरस्कार प्राप्त गरेको हो ।

यो घोषणा केन्याको नाईरोबीमा आयोजना भएको TED Countdown Summit मा गरिएको थियो, जहाँ विश्वभरका नेताहरू र नवप्रवर्तनकर्ताहरूको सहभागितामा जलवायु परिवर्तनविरुद्धका नवीन तथा क्रान्तिकारी विचारहरूको आदान-प्रदान गरिएको थियो । घाम पावर ऊर्जा श्रेणीमा विजेता घोषित भएको हो र सौर्य ऊर्जामार्फत नेपालका सेवाबाट बञ्चित क्षेत्रहरूमा भरपर्दो, सुलभ तथा स्वच्छ बिजुली पुर्याउने योजनाहरूलाई अझ विस्तार गर्नका लागि ५० हजार अमेरिकी डलर पुरस्कारस्वरूप प्रदान गरिएको हो।

२५ सयभन्दा बढी विश्वव्यापी आवेदनहरू मध्येबाट छानिँदा, घाम पावरले सौर्य प्रविधिलाई वित्तीय उपकरणहरूसँग संयोजन गरी आवश्यक व्यक्तिहरूलाई स्वच्छ उर्जा पहुँच दिने नवीन मोडेलका कारण विशेष पहिचान बनाएको थियो । ४ हजार भन्दा सफल परियोजनाहरू पूरा गरिसकेको घाम पावरले व्यवसायहरूलाई मात्र होइन, खाद्य प्रणाली, स्वास्थ्य सेवा र जलवायु सहनशीलता बलियो बनाउन समेत महत्वपूर्ण योगदान पुर्याउदै आएको छ ।

प्रकाशित: Jun 23, 2025| 18:37 सोमबार, असार ९, २०८२
प्रतिक्रिया दिनुहोस्