काठमाडौं- पुल्चोकस्थित 'द प्लाजा' मा फोटोन टुनल्यान्ड जी७ पिकअपको नेपालमा औपचारिक सुरुआत गरिएको छ।
यसअघि यो पिकअपले २३ दिनमा ८ वटा कठिन अफ-रोड भूभाग पार गरेर विश्व कीर्तिमान बनाएको थियो। नेपाल आउनुअघि यो गाडीले १५ हजार किलोमिटर अफ-रोड परीक्षण पनि गरिसकेको छ।
१६० एचपी पावर, ३९० एनएम टर्क, २२५ मिमी ग्राउन्ड क्लियरेन्स, हिल होल्ड र डिसेण्ट कन्ट्रोल, १२.३ इन्च इन्फिनिटी स्क्रिन, अटो एसी, प्यानोरामिक सनरूफ, इलेक्ट्रिक सिटजस्ता फिचरले यो गाडीलाई बलियो मात्र नभई आरामदायी पनि बनाएको छ।
एलिटको ५१.९९ लाख, लक्जरीको ६५.४० लाख र फ्ल्यागशिपको ६९.९९ लाख रुपैयाँ तोकिएको छ। अनि २.० लिटर डिजेल इञ्जिनमा आधारित 4x2 MT Comfort र 4x4 MT Comfort दुई संस्करणमा उपलब्ध छ।
१०.२५ इन्च इन्फोटेनमेन्ट सिस्टम, ब्लुटुथ, रियर-भ्यू क्यामेरा, डुअल एयरब्याग, ABS with EBD, हिल होल्ड असिस्ट, इलेक्ट्रोनिक डिफरेन्सियल लक।
नेपालका लागि फोटोन सवारी साधनको आधिकारिक वितरक एमएडब्लू वृद्धि कमर्सियल ले गाडी सार्वजनिक गरेको हो। टुनल्यान्ड G7 केवल पिकअप गाडी मात्र नभई, नेपाली भूगोल र भावना अनुरूप निर्माण गरिएको सशक्त, भरपर्दो र आधुनिक पिकअप हो।