आइतबार, चैत २९, २०८२

लक्जरी ईभीको नयाँ लाइनअपसँगै सेरेसको बिक्री बढ्यो

 |  सोमबार, असार ९, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, असार ९, २०८२

काठमाडौं- चीनको विद्युतीय सवारी निर्माता कम्पनी सेरेसले सन् २०२५ को अप्रिल महिनामा वार्षिक आधारमा पहिलो पटक उल्लेखनीय बिक्री वृद्धि हासिल गरेको छ।

National life

कम्पनीले सो महिनामा ३१ हजार ४८८ युनिट न्यू इनर्जी भेहिकल बिक्री गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १२.९९ प्रतिशतले वृद्धि हो।

चोंगकिङस्थित लियाङजियाङ न्यू एरियामा रहेको सेरेसले हुवावे सँगको सहकार्यमा चीनको बजारमा आफ्नो उपस्थितिलाई बलियो बनाएको छ। सेरेसको प्रमुख मोडल एम ९ ले उच्चस्तरीय ‘इन्टेलिजेन्ट ड्राइभिङ’ प्रविधि समावेश गरेर बीएमडब्लु, मर्सिडीज-बेन्ज जस्ता लक्जरी इन्धन गाडी प्रयोगकर्तालाई आकर्षण गर्न सफल भएको छ। 

करिब ५००,००० युआन मूल्य पर्ने एम ९ मोडलले ११ महिना लगातार चीनको लक्जरी इभी बिक्री चार्टको अग्रस्थान कायम राखेको कम्पनीको दाबी छ।

सन् २०२५ को पहिलो त्रैमासिकमा सेरेसको बिक्रीमा कमी देखिएको थियो। विश्लेषकहरूका अनुसार, त्यो समय कम्पनी नयाँ मोडलतर्फ ट्रान्जिसन भइरहेकाले बिक्रीमा घटबढ देखिएको हो।

kumari

तर, अप्रिलमा अपडेट गरिएको एम ९ को नयाँ संस्करणको वितरण र नयाँ मोडल एम ८ को सार्वजनिक सुरुआत सँगै सेरेसले पुनः उपभोक्ताको ध्यान खिच्न सफल भएको कम्पनीको दाबी छ।
 

प्रकाशित: Jun 23, 2025| 18:31 सोमबार, असार ९, २०८२
प्रतिक्रिया दिनुहोस्