आइतबार, पुस १३, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • एससिटी-युपिआई कार्ड भएका ग्राहकलाई मौलाकाली केबलकारमा १० प्रतिशत छुट

एससिटी-युपिआई कार्ड भएका ग्राहकलाई मौलाकाली केबलकारमा १० प्रतिशत छुट

 |  आइतबार, असार ८, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, असार ८, २०८२

काठमाडौं- नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्र प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससिटी) ले जारी गर्दै आएको एससिटी—युपिआई कार्डका सम्पूर्ण ग्राहकहरूलाई मौलाकाली केबलकारमा १० प्रतिशत छुट हुने भएको छ।

National life

समुन्द्री तहबाट १८४१ फिट माथि नवलपुर जिल्लाको गैँडाकोटमा अवस्थित यस मन्दिरमा दर्शन गर्न आउने आगन्तुकहरूको यात्रा अझ सहज र शुलभ हुने अपेक्षा गर्दै एससिटी र मौलाकाली केबलकारले यस अफर ल्याएको हो।  

अफर अन्तर्गत ग्राहकहरूले आफ्नो एससिटी-युपिआई कार्डबाट पिओएस मेसिन मार्फत टिकट खरिद गर्दा १० प्रतिशत छुट हुनेछ। एससिटीले हाल २१ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थाहरू मार्फत एससिटी-युपिआई कार्ड जारी गर्दै आइरहेको छ।

यो अफर मार्फत कार्डको अधिकतम प्रयोग गराउने र कार्डमार्फत नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्य रहेको छ।

एससिटी-युपिआई कार्ड नहुने ग्राहकहरूले पनि यस अफरमा सहभागी हुनलाई आफ्नो नजिकैको बैंक तथा वित्तीय संस्थामा गएर एससिटी-युपिआई कार्ड माग गरी कार्ड प्राप्त गर्न सक्नेछन्।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jun 22, 2025| 16:18 आइतबार, असार ८, २०८२
प्रतिक्रिया दिनुहोस्