शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • प्रभु बैंक र छिमेक लघुवित्तले खुला गरे संस्थापक सेयर बिक्री

प्रभु बैंक र छिमेक लघुवित्तले खुला गरे संस्थापक सेयर बिक्री

 |  आइतबार, असार ८, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, असार ८, २०८२

काठमाडौं-– प्रभु बैंक लिमिटेड र छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना संस्थापक सेयर बिक्री खुल्ला गरेका छन्।

National life

प्रभु बैंक लिमिटेडको ९,८८२ कित्ता सेयर र छिमेक लघुवित्त वित्तीय संस्थाको २,४४,४८० कित्ता सेयर बिक्रीका लागि मंगलबारबाट सिलबन्दी बोलपत्र खुल्ला गरिएको हो।

कम्पनीले बोलकबोल माध्यमबाट बिक्री गरिने प्रभु बैंक लिमिटेडको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ र छिमेक लघुवित्त वित्तीय संस्थाको लागि प्रतिकित्ता ३९० रुपैयाँ तोकेको छ।

सेयर खरिदका लागि बोलकबोल गर्दा प्रभु बैंक लिमिटेडको न्यूनतम १,००० कित्ताको लागि र छिमेक लघुवित्त वित्तीय संस्थाको लागि न्यूनतम ५०,००० कित्ताको लागि आवेदन दिनुपर्नेछ।

आवेदन आगामी असार १० गतेभित्र बिक्री प्रबन्धक रहेको मुक्तिनाथ क्यापिटल लिमिटेडमा पेश गर्न सकिनेछ। सेयर खरिद गर्न इच्छुक बोलपत्रदाताले (यदि संघ/संस्था वा कम्पनी भएमा) दर्ता प्रमाणपत्र, कर चुक्ता प्रमाणपत्र, सेयर खरिद गर्ने सम्बन्धमा सो संस्थाको सञ्चालक समितिको निर्णयको प्रतिलिपि र विगत २ आर्थिक वर्षदेखि संस्था मुनाफामा रहेको प्रमाणित गर्ने कागजात समेत आवेदन फारमका साथ संलग्न गर्नुपर्ने कम्पनीले जनाएको छ।
 

Shivam cement

प्रकाशित: Jun 22, 2025| 16:16 आइतबार, असार ८, २०८२
प्रतिक्रिया दिनुहोस्