आइतबार, पुस १३, २०८२

'भोटेकोशी क्षेत्रमा ठूलो वर्षाको सम्भावना छैन'

 |  बुधबार, असार ४, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, असार ४, २०८२

काठमाडौं- जल तथा मौसम विज्ञान विभागले सिन्धुपाल्चोक र माथिल्लो जलाधार (भोटेकोशीसहित) क्षेत्रमा ठूलो वर्षाको सम्भावना नरहेको बताएको छ।

National life

विभागका प्रवक्ता वरिष्ठ मौसमविद् विभुति पोखरेलले बुधबार साँझ विज्ञप्ति जारी गर्दै भनेकी छिन्, ‘भूउपग्रह तथा मौसम प्रारुपबाट प्राप्त तथ्यांक तथा सूचनाको हालको विश्लेषणका आधारमा सिन्धुपाल्चोक र सोको माथिल्लो जलाधार क्षेत्रमा हाल मनसुनको प्रभाव भए पनि कमजोर अवस्थामा रहेकाले हल्कादेखि मध्यम वर्षा हुनसक्ने सम्भावना रहेको सबैमा जानकारी गराइन्छ।’

सिन्धुपाल्चोक प्रशासनले बुधबार विज्ञप्ति जारी गर्दै छिमेकी चीन स्वशासित तिब्बतमा आज बुधबारदेखि सात दिनसम्म भारी वर्षा हुने भन्दै  भोटेकोशी तटीय क्षेत्रको लिपिङदेखि चौतारा साँगाचोकगढीको सिम्लेसम्मका स्थानीयलाई सूचना जारी गरेर सचेत गराएको थियो।

जाङ्मुपोर्टस्थित अध्यागमन कार्यालयका अधिकारीले नेपालतर्फ सीमा सुरक्षार्थ रहेका सशस्त्र प्रहरी, अध्यागमन कार्यालय कोदारी र भोटेकोशी गाउँपालिकालाई मौखिक जानकारी दिएर बाढीबाट हुने सम्भावित जोखिमबाट बच्न भनेको प्रशासनको दाबी छ।

प्रकाशित: Jun 18, 2025| 19:04 बुधबार, असार ४, २०८२
प्रतिक्रिया दिनुहोस्