एजेन्सी- अनलाइनमातर्फ लुगा खरिद गर्दा कहिले सानो त कहिले ठूलो हुन सक्छ। पसलमा ‘ट्रायल’ गरेर किन्दा त कहिलेकाहीं शरीरमा फिट हुने कपडा पाइँदैन भने अनलाइनमा किन्दा भनेजस्तो नहुनु स्वाभाविकै हो।
लस एन्जलसकी सोफिया सिकेका सन्दर्भमा भने उल्टो भएको छ। ‘एक्सिलेन्ट पोडकास्ट’ की संस्थापक सोफिया सिकेले प्रिटी लिटल थिङसमा एक ओभर साइज कोट अर्डर गरेकी थिइन्। निकै मोटो शरीर भएकाले उनले ओभरसाइजको कोट मगाएकी थिइन्। तर उनको हातमा अनलाइनमा देखाएभन्दा पनि निकै ठूलो र भद्दा कोट आइलाग्यो। कोटका बाहुला निकै लामा थिए । गोजी भने किचेनका सामान अट्न सक्ने थिए।
उनले अनलाइनमार्फत किनेको कोटको कुरा सामाजिक सञ्जालमार्फत बाहिर ल्याएपछि धेरैले यस्तै पीडा व्यक्त गर्न थाले। कोटको अवस्था राम्रो थिएन। उनले पूर्ण रूपमा असन्तुष्ट भने नभएको बताइन्। उनलाई उक्त कोट जाडोका लागि धेरै आरामदायी भएको प्रतिक्रिया दिएकी छन्।
कोटको ५० पाउन्ड (सात हजार रुपैयाँ) मा खरिद गरेकी थिइन्। कोटसँगका केही फोटा सोफियाले टविट्रमा अपलोड गरेकी थिइन्, जसमा ५० हजारमा भन्दा बढी पटक लाइक भएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४