आइतबार, पुस १३, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • अर्थमन्त्रीसँग नाडा अध्यक्ष चौधरी नेतृत्वको प्रतिनिधीमण्डलको भेट

अर्थमन्त्रीसँग नाडा अध्यक्ष चौधरी नेतृत्वको प्रतिनिधीमण्डलको भेट

 |  सोमबार, असार २, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, असार २, २०८२

काठमाडौं- उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग नाडाका अध्यक्ष करण चौधरीले भेटवार्ता गरेका छन्।

National life

असार १ गते  अध्यक्ष चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधीमण्डलले अर्थमन्त्रीसँग भेट गर्दै आगामी भदौ ३ गतेदेखि ८ गतेसम्म भृकुटीमण्डप परिसरमा आयोजना हुने १७औं संस्करणको नाडा अटो शो २०२५ को प्रमुख अतिथिको रुपमा उद्घाटन गरी दिन औपचारिक रुपमा आग्रह गरेको छ। 

उक्त भेटघाट तथा छलफलमा अध्यक्ष चौधरीले धेरै समयको अन्तराल पछि नेपालको अटोमोवाइल क्षेत्र लगायत समग्र नीजिक्षेत्र मैत्री बजेट आएको बताए। सोही छलफलको क्रममा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले नेपालमा पहिलो पटक सिमरामा सवारीसाधन मेनुफेक्चरिङ्ग उद्योग खोल्ने तयारी भइरहेकोले त्यस्ता उद्योगलाई टेवा पुग्ने नीति आउनुपर्ने, यस्ता मेनुफेक्चरिङ्ग उद्योगलाई थप सुविधा उपलब्ध गराउनुपर्ने र नीतिमा स्थिरता ल्याउनका लागि आग्रह गरे। 

छलफलमा अर्थमन्त्री पौडेलले नाडाको राखेको उक्त आग्रहलाई सहर्ष स्वीकार गर्दे नेपालका अटोमोवाइल व्यवसायीहरुले धेरै भन्दा धेरै राजश्व उपलब्ध गराएर सरकारलाई सहयोग गर्नुपर्ने बताए।

उक्त छलफलमा नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेती, सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल तथा एशोसिएशन सचिव सुरेन्द्र प्रधानसमेतको उपस्थिति रहेको थियो।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jun 16, 2025| 16:32 सोमबार, असार २, २०८२
प्रतिक्रिया दिनुहोस्