आइतबार, पुस १३, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • एनएमबि बैंकद्वारा माथिल्लो मैवा जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

एनएमबि बैंकद्वारा माथिल्लो मैवा जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

 |  सोमबार, असार २, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, असार २, २०८२

काठमाडौं- एनएमबि बैंक लि. र तथा काङ हाइड्रोपावर कम्पनी लिबीच १७.८५ मेगावाट क्षमताको ताप्लेजुंगको मैवाखोला तथा मेरिङदेन गाउँपालिकामा अवस्थित माथिल्लो मैवा खोला जलविद्युत आयोजनामा ऋण लगानी गर्न वित्तीय व्यवस्थापन भएको छ। 

National life

एनएमबि बैंकका तर्फबाट दिनेश दुलाल र सस्टेनेबल इनर्जी बैंकिङ्ग तथा काङ हाइड्रोपावर कम्पनीको तर्फबाट प्रबन्ध निर्देशक गणेश प्रसाद सुब्बाले ऋण सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।

हस्ताक्षरसँगै एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरे तथा कम्पनीको तर्फबाट प्रबन्ध निर्देशक गणेश प्रसाद सुब्बाले ऋण सम्झौता पत्र आदान प्रदान गरे। 

कार्यक्रममा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरेले आयोजना निर्धारित लागत तथा तोकिएको समयभित्र सकाउन र आयोजना निर्माण गर्दा प्राविधिक पक्ष, वातावरणीय तथा पर्यावरणीय पक्षलाई ध्यान दिएर उचित समाधान पहिचान गरी अगाडि बढ्न कम्पनीलाई आग्रह गरे।

यस्तै, गणेश प्रसाद सुब्बाले एनएमबि बैंकलाई धन्यवाद दिँदै माथिल्लो मैवा खोला जलविद्युत आयोजना निर्धारित लागत तथा समयमा सम्पन्न गर्ने प्रतिवद्धता जाहेर गरी कार्यक्रमको समापन गरेका थिए।

Laxmi sunrise bank
kumari

एनएमबि बैंकले हालसम्म ५० वटाभन्दा बढी जलविद्युत आयोजनामा लगानी गरिसकेको छ। नेपाल राष्ट्र बैंकबाट जारी वातावरणीत तथा समाजिक सुरक्षा व्यवस्थापन २०२२ को निर्देशनअनुसार एनएमबि बैंकले वातावरणीय तथा सामाजिक नीति तयार पारी सोही बमोजिम आयोजनाको पर्यावरण तथा सामाजिक जोखिम व्यवस्थापन गर्न पर्यावरण तथा सामाजिक व्यवस्थापन प्रणाली लागू गरिसकेको छ।

प्रकाशित: Jun 16, 2025| 16:30 सोमबार, असार २, २०८२
प्रतिक्रिया दिनुहोस्