शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • होटेल हिमालय सेरेन भ्युमा प्रभु बैंकका ग्राहक र कर्मचारीलाई विशेष छुट

होटेल हिमालय सेरेन भ्युमा प्रभु बैंकका ग्राहक र कर्मचारीलाई विशेष छुट

 |  सोमबार, असार २, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, असार २, २०८२
National life
Shivam cement

काठमाडौं- पोखरा महानगर ३१ बेगनासतालस्थित होटेल हिमालय सेरेन भ्यु र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहक तथा कर्मचारीलाई होटेलमा पाइने सुविधामा छुट प्रदान गर्ने सम्झौता भएको छ।

प्रभु बैकंका कर्मचारी र कर्मचारीका परिवारजन तथा ग्राहकले खाना र पेय पदार्थमा १० प्रतिशत साथै आवास सुविधामा १५ प्रतिशत छुट पाउने भएका छन्। उक्त सम्झौता पत्रमा होटेल हिमालय सेरेन भ्युका तर्फबाट प्रोप्राइटर अनिल ढकाल तथा प्रभु बैंकका तर्फबाट तालचोक शाखा प्रबन्धक प्रकाश पौडेलले हस्ताक्षर गरेका छन्।

'बैंक अफ द इयर २०२३'को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३११ शाखा कार्यालय, २८४ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टर मार्फत करिब ३५ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको छ। बैंक फिनाकल इन्फोसिस इनोभेसन गोल्ड २०२४ अवार्डबाट सम्मानित भएको छ। 

प्रकाशित: Jun 16, 2025| 16:29 सोमबार, असार २, २०८२
प्रतिक्रिया दिनुहोस्