सोमबार, असार २, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • एनसेल ‘सधैं अन करोडपति’ योजना : १ करोड रुपैयाँ पुरस्कार जित्ने मौका

एनसेल ‘सधैं अन करोडपति’ योजना : १ करोड रुपैयाँ पुरस्कार जित्ने मौका

 |  सोमबार, असार २, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, असार २, २०८२

vianetvianet

काठमाडौं- एनसेलले ग्राहकहरुका लागि ‘सधैँ अन करोडपति’ योजना ल्याएको छ। यो योजनाअन्तर्गत ग्राहकहरुले १ करोड रुपैयाँको बम्पर नगद पुरस्कार जित्ने सुनौलो मौका पाउनेछन्।

१२ हप्तासम्म चल्ने ‘सधैँ अन करोडपति’ योजना हिजोदेखि सञ्चालन भएको हो। यो योजनाअन्तर्गत हरेक हप्ता १० जना ग्राहकले जनही १ लाख रुपैयाँ नगर पुरस्कार जित्नेछन्।

साप्ताहिक नगद पुरस्कार १२ हप्तासम्म रहने एनसेलले जनाएको छ। यो योजनामा सहभागी हुने हरेक ग्राहकले डेटा, भ्वाइस वा डिजिटल सेवालगायत विभिन्न सेवा बोनसस्वरुप प्राप्त गर्नेछन्, जसले गर्दा यो योजना सबैका लागि हात खाली नजाने योजना बनेको छ।

यो योजनामा सहभागी हुन ग्राहकहरूले कम्तीमा ९९ रुपैयाँ वा त्योेभन्दा माथिको कुनै पनि एनसेल सेवा जस्तै नयाँ सिम, डेटा प्याक, भ्वाइस प्याक, एसएमएस प्याक, रोमिङ प्याक वा कम्बो प्याक लिनुपर्छ।

ग्राहकहरूले ८१२३३ डायल गरी, नजिकको आधिकारिक खुद्रा विक्रेता वा एनसेल सेन्टरमा गई, अथवा एनसेल एप, एनसेल वेबसाइटमार्फत एनसेल सेवाहरु लिन सक्ने एनसेलले जनाएको छ।

हरेक ९९ रुपैयाँ बराबरको सेवा खरिद गर्दा ग्राहकले योजनाको १ वटा टिकट प्राप्त गर्नेछन्। यदि ग्राहकहरुले ४९९ रुपैयाँ बराबरको सेवा खरिद गर्छन् भने, उनीहरूले ५ वटा टिकट प्राप्त गर्नेछन्।

एनसेल एपमार्फत ८९९९९३ डायल गरेर, वा चालू हप्ताका लागि १ र सम्पूर्ण योजना अवधिका लागि २ टाइप गरी ९९९९ मा एसएमएस पठाएर आफूले पाएका टिकटहरू हेर्न सक्ने व्यवस्था गरिएको एनसेलले जनाएको छ।

यस योजना अवधिभर हरेक आइतवार साँझ ६ः३० बजेदेखि ७ः०० बजेको समयमा एनसेल युट्युव च्यानल, एनसेल एप र कान्तिपुर टिभीमार्फत प्रसारण हुने कार्यक्रममार्फत नगद पुरस्कार विजेताहरू घोषणा गरिनेछन्।

नगद पुरस्कार हस्तान्तरण प्रक्रियाका लागि एनसेलले विजेताहरूलाई सिधैँ सम्पर्क गर्नेछ। थप जानकारीका लागि ग्राहकहरूले ९९९९ डायल गर्न सक्छन् वा नजिकको एनसेल सेन्टरमा जान सक्छन्।

एनसेलको वेबसाइटमा गएर वा एनसेल एप डाउनलोड, लगइन गरी यस सम्बन्धी जानकारी लिन सकिने पनि एनसेलले जनाएको छ।

प्रकाशित: Jun 16, 2025| 16:27 सोमबार, असार २, २०८२
प्रतिक्रिया दिनुहोस्